कमेडी च्याम्पियन: कसैको छुट्यो कसैको जुट्यो

शनिबार, ०३ फागुन २०७६, १२ : २३ शुक्रवार
कमेडी च्याम्पियन: कसैको छुट्यो कसैको जुट्यो

लभ परेको वर्ष दिनमै छुट्यो: हिमेश पन्त

मेरो स्ट्यान्डअप कमेडीको फ्यानसँग मेरो लभ परेको थियो। मलाई मन पराउने केटी चाहिँ पोखराको हो। उनको र मेरो फेसबुकबाट नै लभ परेको थियो। लामो समय फेसबुकमा कुराकानी हुँदाहुँदै उनी काठमाडौँ आइन्। काठमाडौँ आएपछि हाम्रो भेट भएको दुई महिनामा नै छुट्यो। प्रेममा धेरै जसो शंका हुने रहेछ। केयर भन्दा शंका गर्ने बानी उनको थियो। कता गयो, कोसँग बोल्यो भन्ने र रिसाउने बानी थियो।
एकदिन त उनले अचानक ब्रेकअप भनिन्। मेरो लभ भ्यालेन्टाइन्स डे अगाडि नै ब्रेकअप भयो।

लभको फिल गरेँ: सुमन कोइराला
मेरो लभ नै त परेको छैन। अहिले पनि सानै छु जस्तो लाग्छ। अहिले त झन् फुर्सद नै छैन। भ्यालेन्टाइन्स डे को त्यस्तो सम्झना लायक कुनै कुरा छैन। लभ परेको भए त सबै भनिहाल्थेँ। सानोमा मेरो एकोहोरो चैँ परेको थियो। बिस्तारै उमेर बढ्दै गएपछि अटोमेटिक चेन्ज भइयो। अहिले बल्ल लभ गर्नुपर्ने रहेछ भन्ने बुझ्दैछु। प्रेम त लास्टै गतिलो कुरो हो तर त्यो अनुभव भने हुनै पाएको छैन।

पत्रमित्रताबाट लभ: खड्ग बहादुर पुन मगर
मेरो लभको कुरा गर्ने हो भने लामै छ ! २०६४/६५ साल तिर रोप्पा, प्युठानतिर स्थानीय रेडियोबाट हेलो साथी भन्ने कार्यक्रम थियो। त्यहाँ म पनि पत्र पठाउँथेँ। पत्रबाट प्रभावित भएर दुई जनाको चिठ्ठी आयो।  पत्रमित्रताबाट भावना साटासाट गर्दा गर्दै फोन लभ, फेसबुक लभ, त्यस पछि सांस्कृतिक लभ, भेटभाट लभ हुँदै गर्दा २०७२ सालको भूकम्पले दिमाख खलबल्याइदिएपछि अर्को लभ मेरी श्रीमतीसँग भयो। उनको नाम चाहिँ दिलमाया पुन हो।

आँखा आँखा मात्रै जुधे: विष्णु गौडेल
मेरो लभ कहिलै परेन। आँखा आँखा त जुधेको थियो, त्यतिले लभ गर्ने योग्यता पुगेन। अहिले त व्यस्त भएर होला लभमा मन नै लगाइदैन र कसैले प्रपोज पनि गरेका छैनन्। धेरैको लभ परेको सुन्छु। आफ्नो चाहिँ पालो कुरिराछु।

सिधैँ बिहे: सुमन कार्की
अहिलेसम्म लभ परेको नै छैन भन्दा हुन्छ। आफूले त सिधै विवाह गरेको हो। लभबारे कुरा गर्न त निकैबेर सोच्नु पर्ला। कमेडी गरे नि, हँसाए नि लभको बारेमा टाढै छु।

Leave A Comment