नेपाल आइडल: कमल आउट !

शनिबार, ०३ फागुन २०७६, १२ : ३१ शुक्रवार
नेपाल आइडल: कमल आउट !

नेपाल आइडलबाट कमल सोब आउट भएका छन्। ११ जना प्रतिस्पर्धीमध्ये उनी भोटिङबाट आउट भएका हुन्। सबैभन्दा धेरै भोट ल्याएर झापाकी रचना रिमाल सेफ भइन्।

अन्य प्रतिस्पर्धीले रमाइला गीत पेस गरे तर मेघा श्रेष्ठले ‘कान्छी नानी’ गाउँदा रेस्पेक्ट अफ दि विकसमेत भइन्। यसबापत उनले २५ हजार रुपैयाँ पुरस्कार थापिन्। यसअघि गोल्डेन माइककी विजेता उनको स्पष्ट गायकीको जजहरुले प्रशंसा गरेका थिए।

नेसन पुन मगरले ‘भेडाको ऊनजस्तो’ गाउँदा जजले उठेर ताली मात्र बजाएनन्, अडियन्सले समेत साथ दिएका थिए। उनी ‘पर्फमर अफ दि डे’ घोषित भएका थिए भने त्यसबापत २० हजार रुपैयाँ पुरस्कार जितेका थिए।

केविन तामाङले ‘शिरमा टोपी नहोला’ गाएर ‘मोमेन्ट अफ दि विक’को उपाधि हात पारे। उनले लगाएको राष्ट्रिय झण्डायुक्त पोशाकको प्रशंसा भएको थियो।

पप गीत गाउँदै आएकी सज्जा चौलागाईंले ‘मायाको डोरीले’ गीत यति मज्जाले गाइन् कि उनलाई जज इन्दिराले ‘सिङिङ डिभा’को उपाधि दिइन्।

Leave A Comment