किक बक्सिङ सिक्दै

बिहिबार, ०८ फागुन २०७६, १२ : १५ शुक्रवार
किक बक्सिङ सिक्दै

एक समय विवादमा निकै व्यस्त रहेकी अभिनेत्री शिल्पा पोखरेल विवादपछि लामै समय गुपचुप नै रहिन्। पूर्वपति छवि ओझासँगको लफडाका कारण प्रहरीको ढोका ढक्ढक्याउन पुगेकी उनले राम्रै तनाव झेलिन् पनि।

छविकी प्रथम पत्नी हेमाले बहुविवाहको मुद्दा हालेपछि असामान्य अवस्था सिर्जना भएयता यतिबेला उनी सामान्य हुने प्रयास गरिरहेकी छन्। यतिबेला उनी म्युजिक भिडियोमा सक्रिय हुन थालेकी छन्।

हालै श्रीकृष्ण बम मल्लको ‘आमा मै छु ,तिमी बिना बाँभ्न नसक्ने भइछु ’ लोकगीतमा अभिनय गर्न सुटिङ स्पोर्ट पुगेकी शिल्पालाई पत्रकारहरुले  अहिले के गर्दै हुनुहुन्छ भनेर प्रश्न गरे। उनले हाँस्दै बक्सिङ सिकिरहेको छु भन्ने उत्तर दिएर सबैलाई छक्क पारेकी छन्। हिजोआज उनी एक्लै बस्दै आइरहेकी छन्। उनले कतै आफूलाई छविले कुटेको सम्झेर प्रतिरक्षाका लागि त किक बक्सिङ सिकिरहेकी त होइनन् ?

Leave A Comment