‘अधिकार मागेको हुँ, उहाँको सम्पत्ति होइन !’

सोमबार, १२ फागुन २०७६, ०१ : १२ शुक्रवार
‘अधिकार मागेको हुँ, उहाँको सम्पत्ति होइन !’

२०६० को दशकमा नेपाली संगीत क्षेत्रमा पपगीतको बाढीले नछोएको सायदै कोही होला। पुरानो प्रविधिलाई बिदा गर्दै नयाँ प्रविधिलाई स्वागत गर्दै गरेको बेलामा नयाँ स्वर र गायकीका साथ उदाएका थिए, अनिल सिंह। सानै उमेरमा ठूलो चर्चा कमाएका अनिल सिंहको उतारचढावपूर्ण सांगीतिक जीवनका साथै अन्य विविध प्रसंगमा गायक सिंहसँग ईश्वर मैनालीको अन्तरंग कुराकानीः

तपाईं त साह्रै लाज मान्ने गायक, लाज लाग्न छोड्यो ?
छोड्नु पर्दोरहेछ। लजाएर, सम्मान गरेर, आदर गरेर मात्र नहुने रहेछ नि !

भन्नाले ?
१७ वर्षदेखि ठगिएको छु। तीन वर्षअघि बल्ल थाहा पाएँ। जति छलफल र सहमतिको कुरा गरे पनि गफै मात्र भएपछि, अलि कति भा’को लाज ’नि हरायो।

म्युजिकडटकमसँगको तपाईंको पछिल्लो झगडा खास के हो ?
इन्द्रेणी क्यासेट सेन्टरसँग एल्बम ‘गायक’ निकाल्ने सम्झौता भएको थियो। पछि म्युजिक डटकमका राजेश बंसलले अनाधिकृत रुपमा लिएर मलाई नसोधी विभिन्न प्लेटफर्ममा बेचे। यही विषयमा मैले आफ्नो अधिकार खोजेको हो।  म्युजिकडटकमले यत्तिका वर्ष मेरा गीतहरु डिजिटल प्लेटफर्ममा बेच्यो। रोयल्टी त परको कुरा मलाई जानकारीसम्म भएन।

सम्झौतामा चाहिँ के थियो त ?
मलाई नै थाहा नदिई मेरा गीत अनेक डिजिटल प्लेटफर्ममा बेच्ने र अनधिकृत रुपमा पैसा कमाउने भन्ने रहेछ, जुन मलाई थाहा थिएन।

हो नि ! यिनै बिचौलियाले हिजोको दिनमा मेरा एल्बम चल्न दिएनन्। अझै पनि तिनैले जालझेल गरेर गीत बेचिरहेका छन्। मैले पाउनुपर्ने रकम समेत पाएको छैन।

कुनै बेला त राजेश बंसलकै कारण आज म अनिल सिंह बनेको हुँ भन्नु हुन्थ्यो त ? अनि अहिले त्यो गुन बिर्सने ?
हिजोको दिनमा राजेश बंसलले मेरालागि गरेको कामको मैले कहिले होइन भनेको छैन। म आज पनि उहाँको दुश्मन होइन। हिजोको दिनमा अनिल मेरो घर चल्न गाह्रो भो भनेर गीत माग्दा मैले कम मूल्यमा नै गीतहरु दिएको हुँ। त्यो चैँ के गुन होइन ? मैले त मेरो अधिकार मागेको हुँ। उहाँको सम्पत्ति होइन नि !

तपाई लोकप्रियताको चुलीमा रहेका बेला तपाईंलाई नै सिध्याउन खोजियो नि ?
हो नि ! यिनै बिचौलियाले हिजोको दिनमा मेरा एल्बम चल्न दिएनन्। अझै पनि तिनैले जालझेल गरेर गीत बेचिरहेका छन्। मैले पाउनुपर्ने रकम समेत पाएको छैन। भनेपछि एक जना सर्जकलाई यो जत्तिको ठूलो धोका र पीडा के हुनसक्छ ?

तपाईंले त रिसको झोंकमा म्युजिक कम्पनीका सञ्चालककै अघिल्तिर गरेको सम्झौता नै च्यातिदिनुभयो नि ?
म कानुनमा विश्वास गर्ने मान्छे हुँ। नेपालको कानुनले जे सजाय दिन्छ, म भोग्न तयार छु । मैले सम्झौता च्यात्नु अपराध थियो भने म जेल जान तयार छु तर म आफू मात्र जान्नँ। दुई चार जना बदमासहरुलाई पनि साथै लिएर जान्छु। त्यो च्यात्न जरुरी पनि थियो। अन्याय भएपछि कागज मात्र होइन, धेरै कुरा च्यात्तिन्छ।

प्रमाण नै च्यात्नु भयो नि ?
राजेश बंशल र म्युजिक नेपालसँग तीन वर्षअघिदेखि नै अनुरोध गरेको थिएँ, मेरो केस सल्टाइदिनुस्। मुखले एकाथरि र व्यहारमा अर्कोथरि भएपछि अर्थहीन सम्झौतालाई राख्नुको औचित्य देखिनँ र च्यातेँ।
राजेश बंशल सहितको छलफलपछि फेसबुकमा त ज्यानै धरापमा छ भनेर तपाईंले लेख्नुभएको थियो,

म निरन्तर संगीतमा छु। वर्षको एउटा एल्बम त मेरो निस्किरहेकै छ, सरदरमा। मलाई अचम लाग्छ, न मैले देश छोडेँ, न संगीत छोडेँ, फेरि किन होला आरोप मैमाथि !

आखिर त्यस्तो के कारणले लेख्नुप-यो ?
ज्यान धरापमा त हुने नै भयो नि ! ठूला र शक्तिशाली मान्छेहरुसँग मैले अधिकारको लडाईं लडिरहेको छु। ठूला कम्पनीहरु हुन्, ठूला व्यापारीहरु हुन्। भरोसा के छ र ? त्यसैले सबैलाई जानकारी होस् भनेर लेखेँ।

न्याय पनि माग्ने अनि डर पनि मान्ने ? त्यसरी पनि न्याय पाइन्छ र ?
पाइन्छ होइन, पाउनु पर्छ। त्यसका लागि म अन्तिमसम्म ’नि लड्न तयार छु।

अचेल त तपाईंको गीत बजारमा आएको केही पत्तो हुन छाड्यो नि ?
म सुरुबाट नै खासै मिडियामा आउन रुचाउने मान्छे होइन। बीचमा म्युजिक दलालहरुका कारण म निराश भएँ। संगीत कर्ममा भने म निरन्तर छु। ‘ओ माया’ भन्ने गीत भर्खरै मेरै युट्युब च्यानलमा हालेको छु। मलाई माया गर्नुहुने दर्शकस्रोताले खोजीखोजी सुनिरहनु भएकै छ। तपाईंले भनेजस्तो आएको/गएको थाहा नहुने अवस्था छैन। म चर्चामा नै छु। मेरो सृजना चर्चामा नै छन् जस्तो लाग्छ। 

तपाईं त  डिजिटल टेक्नोलजीको सुरुवात र पुराना प्रविधिहरुको अन्त्यको बेला उदाउनु भएको गायक। त्यति बेलाको संक्रमणकालले कत्तिको असर पा-यो जस्तो लाग्छ ?
मज्जैले पा-यो नि ! हामी डिजिटल दुनियाँ आउन थालेको १०/१२ वर्ष भइसक्दा त अन्योलमा छौँ ! झन् त्यतिबेला त कन्फ्युजन नै कन्फ्युजन थियो। त्यही नबुझेर सम्झौता गर्दा नै अहिले धेरै सर्जकले दुःख पाइरहनु भएको छ। म आफैँ पनि त्यो समस्या झेलिरहेको छु। वितरकले दूरदर्शिता अपनाए। हामी कलाकार एक्कैछिनमा पग्लिहाल्छौँ। आजसम्म पनि उनीहरुले फाइदा उठाइरहेका छन्।

गलत ठाउँमा प्रयोग भएछु भन्ने लागिरहँदो हो है ?
लाग्छ नि ! हिजोका दिनमा दूरदर्शी हुनसकेको भए आजको दिनमा यसरी समस्यामा अल्झिरहनु पर्दैनथ्यो। हाम्रो काम त सृजना गर्ने हो, ढुक्कले संगीत सृजनामा व्यस्त रहन पाइन्थ्यो। संगीतको बजार व्यवस्थापकहरुले गडबडी नगर्दिएको भए आज २००–४०० गीतहरु अनिल सिंहको नाममा हुन्थ्यो।

व्यवस्थापकहरुलाई मात्र दोष दिएर चोखिन मिल्छ र ?
हेर्नुस्, अवस्थाअनुसार कम मूल्यमा पनि गाएको छु, सित्तैमा पनि गाएको छु। म महँगो भएर मात्र मेरो गीत बजारमा कम आयो भन्ने म मान्दिनँ। हिजो, आज जुनै बेला पनि मलाई मेरा दर्शक–स्रोताहरुको प्रेम उस्तै छ।

मेरो कुरा सल्टियो भने बेग्लै कुरा भयो तर पीडित गायक–कलाकारका पक्षमा सधैँ अघि बढ्छु। मेरो सल्टिदैमा अरुका लागि नबोली बस्नु भन्ने हुँदै होइन। अहिले पनि म स्वर्गीय सुनील बर्देवाको गीतको रोयल्टीका लागि लड्दै छु। उहाँकी पत्नी पनि यो धर्तीमा हुनुहुन्न। नानीबाबुहरुको नाममा त्यो अधिकार स्थापित गराउन खोज्दैछौँ।

धेरै गीतसंगीतका कुरा गरियो, अब व्यक्ति अनिल सिंहको कुरा गरौँ न !
हाहा ! मेरो के छ र निजी ! जे छन्, सब खुल्ला छन्। तै पनि तपाईंको इच्छा !

जवानीमै ‘प्रेमपत्र’ गीत हिट भए। कत्ति थिए प्रेमिकाहरु ?
जवानी रे ? म भर्खर त जवान हुन खोज्दै छु। मेरो घर नै बिगारिदिन सोध्या कि क्या हो ? हाहा ! म लजालु प्रकृतिको मान्छे हो। खासै त्यस्ता प्रेमिका भएनन्। मेरो स्वरलाई माया गर्नेहरु हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ। उहाँहरु भएपछि अरु चासो नै लाग्दोरहेनछ।

प्रेमिका नै नभएको मान्छेको प्रेम विवाह नि ?
होइन होइन भन्न खोजेको धेरै थिएनन्। मेरी प्रेमिका पत्नी त ‘परी’ गीतको  भिडियोको क्रममा पहिलो पटक भेटिएका थियौँ। सात वर्षे रोमान्सपछि विवाह ग-यौँ। यस्तै त हो मेरो प्रेम कहानी !

श्रीमती पनि लजालु हुनुहुन्छ कि क्या हो ?
मजस्तो त लजालु छैन ! दुवै जना उस्तै भएको भए त हाम्रो बिहे नै सम्भव थिएन नि ! भगवान्ले जोडी मिलाएर पठाउँछन् रे नि ! प्रस्ताव पनि उनैले गरिन्, बिहेको लागि मेरो घरमा पनि उनैले मनाइन्। म त त्यतिबेला जापानमा सो गर्दैथिएँ। एक्कासि बिहेको मिति सुनेर छक्क परेको थिएँ।

सात–सात वर्ष प्रेममा हुँदा खासै सुस्ताउनु भएको थिएन। विवाहपछि भने लामै समय सुस्ताउनु भयो नि ? विवाहले मान्छेलाई सुस्त बनाउँँछ कि क्या हो ?
हा..हा, तर यही मात्र कारणले म सुस्ताएको होइन। मेरो बजार खस्काउन केही कम्पनी अनि साथीभाइ पनि कम्मर कसेर लागिपरे। मेरै एल्बम मेरो एल्बमसँग जुधे। व्यापारमा घाटा गराइदिए। मलाई निराश बनाउन खोज्नेको जमात पनि बाक्लै देखियो। धेरै कारणले मलाई सुकाउन खोजियो।

तपाईं त हराउनु भएको भनेर मिडियाहरुले यस्तो अवस्थामा भेटिए अनिल सिंह भनेर हालिरहेको देखिन्छ। साँच्चै तपाईं हराउनुभएको हो त ?
बीचको समय म बाहिरतिर बढी व्यस्त भएँ। कन्सर्टहरुको चापले खासै पब्लिक भएर देखिइनँ होला तर म निरन्तर संगीतमा छु। वर्षको एउटा एल्बम त मेरो निस्किरहेकै छ, सरदरमा। मलाई अचम लाग्छ, न मैले देश छोडेँ, न संगीत छोडेँ, फेरि किन होला आरोप मैमाथि !

बीचमा त तपाईं व्यापारमा पनि लाग्नु भयो क्यार ! कस्तो चल्दैछ ?
लाग्न त लागेको हो तर व्यापार व्यापारजस्तो नभएर रमाइलो गर्न आएजस्तो भयो। होर्डिङ बोर्ड राख्नेदेखि कन्सल्टेन्सी, यताबाट उता हुँदै अहिले चाहिँ रेकर्डिङ्ग स्टुडियो सञ्चालन गर्दैछु। अस्ट्रेलियामा ‘ए मेरो हजुर ३’ र त्यसको सिक्वलको वितरकको जिम्वेवारी पनि सम्हाल्दैछु।

हिरो नै पनि बन्ने हो कि वितरक मात्र ?
पहिला त निकै अफर आको’थ्यो। अब त बुढेसकाल लागिसक्यो ! तर म राजेश दाइ भन्दा त सानो नै छु। उहाँ भर्खर २१ हुनु भयो भनेसि म १६ जति भएँ (ठट्टा गर्दै), हेरौँ भोलि के हुन्छ ! तर म हिरो भएर भन्दा पनि अरु नै कुनै किसिमबाट नेपाली चलचित्रमा आउन सक्छु।

भनेपछि फिल्ममोह पनि छ ?
छ नि !

संगीत क्षेत्रमा लागेको दुई दशक हाराहारी हुन लाग्यो। संगीतको बजार कस्तो देख्नु हुन्छ ?
बजार सोचेजस्तो सकारात्मक पक्कै छैन। तर दोष बजारलाई मात्र दिन मिल्दैन। नेपाली म्युजिक भनेको सारंगी र मादल मात्र होइन। यत्तिका धेरै समुदाय छन्। सबैको आफ्ना–आफ्ना बाजागाजा छन्, लय छन्। तिनीहरु राम्रोसँग बाहिर आउन सकेका छैनन्। दोहोरी हाम्रो पहिचान हो तर पनि हामीले अझै त्यसको महत्व बुझ्न सकेका छैनौँ। हामीले प्रयोगात्मक र मौलिक संगीत सिर्जना गर्ने प्रयास नै गरेका छैनौँ। बजारलाई मात्र दोष दिनु भन्दा पनि हामीले हाम्रो संगीतलाई सिर्जनशील बनाउनुपर्छ। विश्वले नेपाल खोजेपछि नेपाली संगीत नखोज्ने कुरै हुँदैन।

मेरो काम लेख्ने, गाउने, संगीत गर्ने हो। वितरणको कुरा म आफैँ गर्दिनँ। बस्, कुरा इमान्दारितामा अड्कियो। कोही फेला पर्लान् नि ! तर आफैँ सबैथोक गर्न सकिन्न।

भनेपछि गीत नराम्रो भएरै हाम्रो बजार उकासिन नसकेको हो ?
त्यो पनि होइन। राम्रा गीतहरु पनि छन्। पछिल्लो समय हामी डिजिटल दुनियाँमा विश्वभर उपलब्ध छौँ। बिचौलियाले सर्जकलाई मार्ने जुन गलत नियत छ, यसले पनि हाम्रो संगीत बजार बिग्रेको छ। रामकृष्ण ढकालको गीत जति बज्यो, त्यसको एक पैसा मात्र उहाँलाई रोएल्टी आउँथ्यो भने आज उहाँको पाँच करोड ऋण आफ्नै पैसाले सजिलै चुक्ता हुन्थ्यो। तर हामी त शक्तिकै पछि लाग्ने गर्दा रहेछौँ। गायक सर्जक भनेको त केही होइन भन्ने सोच्छौँ। म्युजिक बजारका दलालले बदमासी गर्दा बजार बढिरहे पनि नबढेजस्तो देखियो।

हिजोको लजालु–दयालु अनिल सिंह यस्तो आक्रोशित भएर मिडियामा देखापर्दा शुभचिन्तकहरुले के भन्लान् है ?
अन्यायको विरुद्ध लड्न थालेछ भन्छन्।

हिजोको तपाईंको गायकीको उचाइ अहिले खस्कदा आफ्नो नाम जोगाउन कत्तिको गाह्रो हुँदोरहेछ ?
गाह्रो हुँदोरहेछ नि ! त्यसैले त विकल्पको रुपमा व्यापार गर्ने सोचमा छु नि !

एक दशकअघि पनि व्यापार नै भन्नु हुन्थ्यो। अझै व्यापारको भूत हटेको छैन ?
व्यापार भनेको सम्भावनाको खोजी भनेको हुँ।

अब यदि राजेश बंसलले तपाईंका गीतहरु वितरण गर्न मागे ?
किन नदिने ? दिन्छु नि ! तर कुरा यत्ति हो, हिजोको जस्तो आँखा चिम्लेर विश्वास गर्दिनँ। हिजोजस्तो बुझ्दै नबुझी, भावनात्मकरुपमा पग्लिएर दिन्नँ।

अनिल सिंह आफैँ व्यापारको सम्भावना खोज्ने मान्छे, गीतहरुको बजार व्यस्थापन पनि अब आफैँ गर्ने होला नि ?
नाइँ नाइँ। यो विषयमा मेरो फरक मत छ। मेरो काम लेख्ने, गाउने, संगीत गर्ने हो। वितरणको कुरा म आफैँ गर्दिनँ। बस्, कुरा इमान्दारितामा अड्कियो। कोही फेला पर्लान् नि ! तर आफैँ सबैथोक गर्न सकिन्न।

म्युजिकडटकमका सञ्चालकसँगको विवाद अब कहाँसम्म पुग्ला ?
कुनै पनि सम्झौता खारेज हुन ३५ दिनको समय हुन्छ। अझै १०/१५ दिनको समय बाँकी छ। म अदालत नै जाने सोचमा छु। वकिलहरुसँग परामर्श लिइरहेको छु।

भोलि अदालतबाहिर नै मुद्दा सल्टिने सम्भावना के छ ?
यसो छ, मेरो जुन पीडा र समस्या छ, त्यो अरुको भन्दा फरक छ। मेरो कुरा सल्टियो भने बेग्लै कुरा भयो तर पीडित गायक–कलाकारका पक्षमा सधैँ अघि बढ्छु। मेरो सल्टिदैमा अरुका लागि नबोली बस्नु भन्ने हुँदै होइन। अहिले पनि म स्वर्गीय सुनील बर्देवाको गीतको रोयल्टीका लागि लड्दै छु। उहाँकी पत्नी पनि यो धर्तीमा हुनुहुन्न। नानीबाबुहरुको नाममा त्यो अधिकार स्थापित गराउन खोज्दैछौँ।

नेपाली संगीतमा आउँदै गरेको, आउन खोजिरहेका नयाँपुस्तालाई तपाईंको सुझाव के छ ?
डिजिटल दुनियाँबारे राम्रोसँग बुझेर आउनुप-यो। यो हाम्रो पेशा हो। पेशाको सम्मान गर्नुप¥यो। कामलाई मजाकका रुपमा गर्नुभएन। मिहिनेत गर्नुप-यो।

नयाँ पुस्ताले तपाईंका गीत गाउँदा कस्तो लाग्छ ?
कतिपय त यति मीठो गाउँछन् कि दिल–दिमागमा बस्नेगरी गाउँछन्। नयाँपुस्ताबाट म ज्यादै प्रभावित छु।

Leave A Comment