सुबिसुको नयाँ प्याकेज

सोमबार, १२ फागुन २०७६, ०१ : २२ शुक्रवार
सुबिसुको नयाँ प्याकेज

काठमाडौं – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ल्याएको छ। यस अफर अन्तर्गत सेवाग्राहीले २५ एमबिपीएस इन्टरनेट र फुल एचडीप्याकेज(२७५ प्लस च्यानल, ९५प्लस एचडी)२६ सय ५४ रुपैयाँमै प्राप्त गर्ने कम्पनीले जनाएको छ।

जारी मूल्यमा जडान शुल्क पनि समावेश छ। साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।६ दिनसम्म चल्ने क्यानमा सुबिसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक सहायता कक्ष समेत राखेको जनाएको छ।

Leave A Comment