क्यान इन्फोटेक मेला सम्पन्न

सोमबार, १२ फागुन २०७६, ०१ : ३२ शुक्रवार
क्यान इन्फोटेक मेला सम्पन्न

काठमाडौं – काठमाडौंमा जारी क्यान इन्फोटेक सम्पन्न भएको छ। क्यान इन्फोटेमा हजारौंले अवलोकन गरेका छन्। इन्फोटेकमा अवलोकनकर्तालाई लक्ष्य गरी विभिन्न ब्रान्डले छुट र अफर दिएकाले अवलोकनकर्ताको भीड लागेको थियो।

यो वर्षको क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसनलाई विशेष महत्व दिइएकोे थियो। स्टार्टअप र नविन प्रविधिमा आधारित व्यवसायलाई प्रवर्द्धन गर्न विशेक्ष स्टल राखिएको थियो। अन्य स्टलको तुलनामा स्टार्टअप र इन्नोभेसनका स्टलमा अवलोकनकर्ताको संख्या कम भए पनि अवलोकनकर्ताको लागि जानकारीमूलक भएको थियो। प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थापनसम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरु प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा  स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनान्सियल नोटिसेस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डटकम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, इ–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, भेदा, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपको स्टल थिए। केही मोबाइल ब्रान्डले मेलाको क्रममा ५० प्रतिशतसम्म छुट दिएका थिए।

यो वर्षको क्यान इन्फोटेकमा साइबर सुरक्षासम्बन्धी सर्भे पनि गरिएको थियो। क्यान महासंघले सेन्टर फर साइबर सेक्युरिटी रिचर्स एन्ड इन्नोभेसन काठमाडौंसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी सर्भे तथा अनुसन्धान गरिरहेको थियो।

Leave A Comment