श्रृष्टिको खुशी

बुधबार, १४ फागुन २०७६, ०१ : ३२ शुक्रवार
श्रृष्टिको खुशी

प्रेमले खुशी दिन्छ भनेको सुनिएको थियो, अहिले देखियो पनि। उदाहरणका लागि पूर्व मिस नेपाल तथा नायिका श्रृष्टि श्रेष्ठलाई नै हेरौँ न। उनी यतिखेला नायक सौगात मल्लको प्रेममा छिन् त्यसैले उनको मुहारमा प्राकृतिक हाँसो छचल्किएको छ।

चार महिनाअघि अनलर्निङ टुगेदर अर्थात दुवै मिलेर सिकेका कुरा भुल्दै गरेको बताएकी थिइन्। त्यसपछि यो जोडी ‘मासुभात’ नामक फिल्मको सुटिङमा व्यस्त भयो। अहिले भने सुटिङ सकिएको भन्दै श्रृष्टिले नयाँ फोटो पोस्टिएकी छन्।

जहाँ उनले सिन्दुर, पोते अनि साडी लगाएकी छन्, साथै मुहारमा खुशी थेगिनसक्नुको छ। बहाना काम सकिएको पारे पनि कुरा अर्कै भएको उनका फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन्। के सौगातकोे प्रेमले नै यतिधेरै खुशी दिएको होला त उनलाई ? श्रृष्टिजी, जनता जान्न चाहन्छन्।

Leave A Comment