कमेडी च्याम्पियन: फिल्मको भद्दा प्रचार र नौटंकी

शनिबार, १७ फागुन २०७६, ११ : ४८ शुक्रवार
कमेडी च्याम्पियन: फिल्मको भद्दा प्रचार र नौटंकी

कमेडी च्याम्पियन अन्तिम अवस्थातिर आउँदै गर्दा यस पटक एउटा गज्जबको निर्णय भयो। सधैँ गज्जबको प्रस्तुति दिइरहेका हिमेश पन्त पर्फमर अफ द राउन्ड बनेका उनी पहिलो फाइनालिस्ट चुनिएका छन्।

कमेडी च्याम्पियनमा अतिथिका रुपमा आइपुगेकी कलाकार रमा थपलिया आफू बूढो खोज्दै कमेडी च्याम्पियनमा आइपुगेको भन्दै हँसाइन्। सन्तोष पन्तलाई इङ्कित गर्दै भनिन्, ‘सधैँ मलाई लिएर हिँड्थेऊ, आज त राम्रा राम्रा मान्छे कमेडी च्याम्पियनमा देखेपछि लुसुक्क आयौ हैन ?’

रमाको संवादसँगै अडियन्सबाट हुटिङ आयो भने जज सन्तोष पनि के कम ? उनले फर्काए, ‘मलाई कहिल्यै नछोड्ने भयौ हैन ! यहाँ राम्रा–राम्रालाई हेरौँ भनेर आएको नि !’

रमा थपलियाले स्टेजमा नै सन्तोष पन्तका छोरा र रीमालाई एकअर्कालाई माला लगाइदिन आग्रह गरिन्। अन्त्यमा रीमा र सन्तोष पन्तका छोरा साकारले एकअर्कालाई माला लगाए। खासमा यो फिल्म ‘हिजो आजको कुरा’ टिमको छायाँकन सकियो भनेर त्यहीँ व्यापक प्रचार गरे।

सुमन कोइराला, हिमेश पन्त र खड्गबहादुर पुन मगर टप थ्रीमा पुगेर विजेता को होला भन्ने चासो ह्वात्तै बढेर गएको छ।

Leave A Comment