नेपाल आइडल: कर्णदास झुल्किए

शनिबार, १७ फागुन २०७६, १२ : ३१ शुक्रवार
नेपाल आइडल: कर्णदास झुल्किए

नेपाल आइडलको एपिसोड १९ मा चर्चित गायक कर्णदास झुल्किए। ‘जिन्दगीको के भरोसा’ गाउँदै उनी मञ्चमा झुल्किएका थिए। नेपाल आइडलमा आउने पहिलादेखिको चाहना पूरा भएको उनले बताएका थिए। यही राउण्डबाट पोखराकी ममता गुरुङले आइडलको मञ्च छाड्नु प-यो। यस अंकमा सबैभन्दा धेरै भोट रचना रिमालले पाएकी थिइन्।

बन्दनाको न्हुलाई मन पराएको कुरा
२० औँ एपिसोडमा आइडल अतिथिका रुपमा गायिका देविका बन्दना आएकी थिइन्। उनले स्टेजमा ‘यस्तै रहेछ यहाँको चलन’ गाएकी थिइन्। गायिका बन्दनाले न्ह्यु वज्राचार्यलाई पहिलो पटक भेट्न जाँदा हेन्डसम लागेको बताउँदा माहोल निकै रमाइलो बनेको थियो।

सो अवसरमा आफूले न्ह्युका गीतहरु धेरै सुनेको तर कहिल्यै नभेटेको र अर्की गायिका सपना श्रीले न्ह्युलाई भेटाइदिँदा खुसीले गद्गद् भएको बताएकी थिइन्। बन्दनाको यस ठट्टालाई न्ह्युले ‘यस्तो कुरा पहिल्यै गर्नुपर्दैन’ भनेर उडाएका थिए।

रचना मन पराएनन्
रचना रिमालले ‘साथी हो...’ गीत सुनाइन् तर भनेजस्तो गाउन सकिनन्। जजहरुले अपेक्षा गरेजस्तो नभएको भन्दै रचनाको झाँको झारेका थिए। उनलाई अगाडि बढ्न हौसला दिएका न्ह्युले सयमा सय प्रतिशतको अपेक्षा गरेका तर त्यो ठाउँमा पुग्न निकै परिश्रम गर्नुपर्ने बताए। फिनिसिङमा राम्रो नभएको जज इन्दिराको पनि भनाइ थियो।

किरण भुजेलले ‘छम् छम् तिम्ले पाउजू बजाउँदा’ गाएका थिए। उनको गायनको प्रशंसा सबैले गरे। नेशन पुन मगरले पनि गायनमा राम्रै गरे। उनलाई हौसला दिन उनकी दिदी आएकी थिइन्। घरमा कहिल्यै नबस्ने, कहिले मेला त कहिले कता पुग्ने भएकाले सधैँ सबैको गाली खाइरहेको हुन्थ्यो भन्दै आज आएर रियल हिरो भएको भन्दै प्रशंसा गरिन्। यत्ति भएपछि नेसनलाई के चाहियो ?
मेगा श्रेष्ठले भने ‘जहाँ छन् बुद्धका आँखा’ गाइन्। जज न्ह्युले अन्तरामा सास नपुगेको भन्दै कमेन्ट गरेका थिए।

केविन ग्लान तामाङ र मुस्कान रानाभाटले पनि राम्रै गीत गाएका थिए। मुस्कानको प्रस्तुति देखेर एउटी बालिका अँगालो मार्न स्टेजमा पुगेकी थिइन्। मुस्कानको फ्यान फुच्ची बालिका देख्दा सबै छक्क परेका थिए।

प्रवीण बेडवालले सधैँ एउटा हात मात्र किन चलाउँछन् भन्ने खुलासा यस पटक भयो। उनको हात दुर्घटनाका कारण नचल्ने र पीडा हुने सुनाउँदा माहोल गम्भीर भएको थियो। प्रवीणले ‘अवतारी’ उपनामसमेत पाएका छन्।

त्यस्तै आइडलकी सशक्त प्रतिभा सज्जा चौलागाईंले ‘तिम्ले त हैन तिम्रा भाकाहरुले’ गाइन्। यो गीतमा उनले जजहरुको स्ट्यान्डिङ अभेसन नै पाइन्।

यो साताका सज्जा र प्रवीण पर्फमेन्स अफ द डे भएका थिए र २५ हजार पुरस्कारसमेत पाए। त्यस्तै केविन र किरण पनि पुरस्कृत भए।

Leave A Comment