छ्यासीकोट ललितपुरमा जन्मिएकी तेक्वान्दो खेलाडी निमा गुरुङको पुख्र्यौली थलो मुस्ताङको कागबेनी हो। उनका पितादेखिको पुस्ता अहिले उपत्यकामा बस्न थालेको निकै भइसकेको छ। आफ्नो ठाउँ र समुदायबाट एक्लो तेक्वान्दो खेलाडी भएको बताउने उनले दर्जनौँ गोल्ड मेडल जितिसकेकी छन्। नौ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी र हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआइपिए०बाट वर्षको सर्वोत्कृष्ट महिला खेलाडी बन्न सफल उनै निमासँग पुष्पा थपलियाले गरेको अन्तरंग कुराकानीः
सबैले सोध्ने प्रश्नबाटै सुरु गरौँ है, कसरी आउनुभयो खेल क्षेत्रमा, त्यो पनि तेक्वान्दोलाई छानेर ?
भन्दा गफ लगाएजस्तो हुन्छ तर मेरो खेलाडी बन्नुको कारण अरुको जस्तो छैन। सानोमा म निकै मोटी थिएँ। तपाईं आफैँ अनुमान लगाउनुस् न, आठ वर्षको उमेरमा पचास केजी भनेको कत्रो होला १ मलाई स्कुलमा सबैले हात्ती भनेर बोलाउँथे। मेरो भाइ पनि मोटो थियो। त्यही भएर आमाले हामी दिदीभाइलाई सुरुमा डान्स क्लास राखिदिनुभयो, नाचेर वेट घट्ला भनेर। फेरि नाच्न लाग्दा मेरो कम्मर छ नि, मरे पनि नभाँच्चिने भन्या १ अब कम्मरै मर्काउन नआउने भएपछि कसरी पो तौल घट्छ र रु अनि आमाले फिजिकल फिटनेशकै लागि भनेर तेक्वान्दोमा भर्ना गरिदिनुभयो। हाम्रो घरअगाडि नै भएको छ्यासीकोट तेक्वान्दो समाजमा सुरुमा भर्ना हुँदा सबै ठूला मान्छे मात्रै थिए। साना भनेको त धीरेन्द्र भन्ने केटा र हामी दिदीभाइ मात्रै १ गुरुले समेत सानैमा तेक्वान्दो खेलाउँदा शरीरको वृद्धिविकासमा समस्या आउला भन्नुभएको थियो रे १ पछि आमाले यिनीहरुलाई खेल नै खेलाउने हैन, तौल घटाउन र अन्य बच्चासँग धुलोमा नखेलोस् भन्नको लागि मात्रै हो भनेर गुरुलाई मनाउनुभएको थियो !
अनि गुरुले भनेजस्तै बच्चा बेलामा तेक्वान्दो खेल्दा साइड इफेक्ट हुँदोरहेछ त र?
त्यस्तो साइड इफेक्टकै बारेमा त थाहा भएन, मैले त बरु यसको प्लसपोइन्ट पो बढी पाएँ १ जस्तो कि, सानैदेखि शरीर फेक्जिबल हुने, उचाई पनि बढ्ने, सबै बडी पार्टको एक्सरसाइज भएपछि त्यसले राम्रै गर्ने रहेछ। बच्चा बेलादेखि नै तेक्वान्दो खेलाए उसको भविष्य पनि राम्रै हुँदोरहेछ, नपत्याए मलाई नै हेर्नुस् (हाँस्दै)। सानैदेखि तेक्वादो खेल्ने मौका पाएँ र त यो कस्तो खेल रहेछ भन्नेबारे थाहा पाएँ नि !
के रहेछ त तेक्वान्दो भनेको र?
आम मानिसको भाषामा भन्दा तेक्वान्दो हात र खुट्टाले खेल्ने खेल हो तर मेरो भाषामा भन्ने हो भने यो फ्रेम, क्रेज तथा केही गर्ने तीव्र इच्छाशक्ति हो। मलाई अहिले कस्तो लाग्छ भने, तेक्वान्दो नभएको भए म जन्मिनुको औचित्य नै हुँदैनथ्यो। तेक्वान्दो छ र म छु।
तपाईंलाई तेक्वान्दोमा लागेर के गुमाएँजस्तो लाग्छ ?
(हाँस्दै) जे पाउँछु, अन्य गुमाएर नै पाउँछु। म मोटी मान्छे, अहिले पनि गुमाएको कुरा भनेको तौल बढाउने स्वतन्त्रता नै होे। तपाईँ आफैँ विचार गर्नुस् न, मेरो नर्मल तौल भनेको उचाइअनुसार ५८ देखि ६० केजीसम्म हो तर मैले खेलका लागि पु-याउनुपर्ने हुन्छ, ४९ देखि ५३ केजीसम्म। ५४ केजीसम्म त बल्लतल्लै पु-याइन्छ तर जब ५३ मा टेक्ने बेला हुन्छ नि, आँखाबाट आँशु झर्छ। नुनिलोका लागि थोरै तरकारी र पानीमा दिन बिताउनु पर्दाको पीडा कति हुन्छ, त्यो मलाई जति कसलाई थाहा होला र १ त्यसमाथि ट्रेनिङ, ५० राउन्ड रंगशालाको दौड मार्नुपर्ने हुन्छ। कहिलेकाहीँ त म यत्ति धेरै दुःख केका लागि गरिरहेकी छु जस्तो पनि लाग्छ। हामीले तौल लिँदा सबै कपडा खोलेर लिनुपर्ने हुन्छ, त्यो बेलामा आफ्नो शरीर देखेर आफैँलाई माया लागेर आउँछ। हड्डी र करङमा छाला मात्रै टाँसिएको हुन्छ। बेन्डम भन्छ यो ४९ देखि ५३ केजीसम्मको तौल समूहलाई, यसमा मैले सात वर्षसम्म खेलेँ। कहिलेकाहीँ त तौल बढेर ६३ केजीसम्म पुग्थ्यो, त्यहाँबाट फेरि ५३ मा ल्याउन कति मिहिनेत गर्नुपर्छ होला, आफैँ विचार गर्नुस् न १ एकपटक त, गेम आउन नौ दिन बाँकी रहँदासम्म ६३ केजी तौल छ, दश केजी घटाउन के गरिनँ होला १ खानेकुराको यति धेरै तलतल लाग्थ्यो नि, त्यो बेलामा। मैले नौ दिनमा दश केजी घटाएरै छाडेँ। त्यो घटनाले कन्फिडेन्ट भने ह्वात्तै बढायो। अहिले त मनमा छ, जति केजी पुगे पनि घटाउन सक्छु।
यति धेरै गुमाएर पाएँ जस्तो चाहिँ के लाग्छ नि ?
यही हो, मानिसको नजरमा मान सम्मान। कहिलेकाहीँ यत्ति धेरै मिहिनेत गरेर पनि ठूला खेलमा सेलेक्ट हुन नसक्दा, जति खटिए पनि गोल्ड जित्न नसक्दा आफू निकै अभागी भएको महसुस हुन्छ। अझै गुरुहरुले यसको तर्फबाट गोल्ड मेडल पक्का भनेर गनेर बस्नु र आफूले त्यो हासिल गर्न नसक्नु त मरेजस्तै लाग्छ। अनि अर्को कुरा, मेरा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भनेको रियो ओलम्पिकका लागि फिलिपिन्समा खेलेको क्वालिफाइड खेल हो। त्यो खेलमा मैले थर्ड मेडल हात पारें, नेपालको लागि पनि त्यो सानको विषय थियो तर यसबारे कसैलाई थाहै भएन। दीपक गुरु र सन्ध्या गुरु पछिको ठूलो मेडल थियो तर मिडियाहरुमा यसको बारेमा आउँदै आएन, यो पनि दुःख लाग्छ। अब ओलम्पिकमा जानु र सागमा गोल्ड जित्नु मेरो लक्ष्य बनिसकेको छ, यो पूरा नगरी त मर्दिनँ होला।
तपाईंले धेरैपटक आफूलाई भाग्यले साथ नदिएको भनिरहनु हुन्छ, कारण के होला, कहाँनेर चुक्यो त भाग्य ?
परिवारकै जेठो सन्तान भएर जन्मनु नै मलाई भाग्यले साथ नदिनु हो जस्तो लाग्छ। हाम्रो पसल छ, सानैदेखि त्यसैबाट आमाबाबाले हामीलाई हुर्काउनुभयो। पहिले हाम्रो कारखाना थियो। त्यहाँ आमा काम गर्न आउँदा भेट भएर लभ प¥यो र बिहे भयो। त्यो पनि तामाङ र गुरुङको इन्टरकास्ट म्यारिज १ त्यसपछि दुःखका दिन धेरै आए। दुःख आर्थिक मात्र हुँदोरहेनछ १ पारिवारिक पनि हुँदोरहेछ। आमा र बाबा दुवै बिरामी हुनुहुन्छ। भाइ पनि बाइक एक्सिडेन्टमा परेर महिनौँ अस्पताल बसेको थियो। त्यो बेलामा मलाई सहयोग गर्ने नेपाल तेक्वान्दो संघ मात्र थियो। मैले तेक्वान्दो नखेलेको भए, त्यति अप्ठेरो परेको बेला के गर्थें होला १ मेरो त पूरा डेटिङ जाने समय अस्पताल कुदेर जान्छ। सँगै गेम खेल्ने साथीहरुले समेत अस्पतालका बारेमा सोध्न फोन गर्छन्। अरुलाई घुम्ने ठाउँको आइडिया होला तर मलाई अस्पतालको आइडिया धेरै भयो।
अनि तपाईंलाई लभ गर्ने फुर्सत छ त ?
(हाँस्दै) खेलाडी छन् त १ जतिखेरै उनीहरुसँगै बिताइन्छ, डेटिङ पनि त्यतै, सेटिङ पनि त्यतै।
तेक्वान्दोमा त मुक्कामुक्की पनि गज्जबसँग हुन्छ। अनि तपाई त छोरी मान्छे। यसो अनुहारतिर चोट लाग्ला र बिहे नहोला भन्ने लाग्दैन ?
(हाँस्दै) लाग्छ नि किन नलाग्नु १ हाम्रो त झन् करियर नै हातखुट्टा चल्दासम्म मात्रै हो। खुदा न खास्ता १ केही भइहाल्यो भने त सक्किगो नि १ अनि यी सानातिना चोटपटक भनेका त हाम्रालागि दालभातजस्तै हुन्। सन् २०१८ को एसियन गेमका बेला मेरो खुट्टाको एङ्कल (गोलीगाँठो) गयो, त्यो बेलामा मैले इतिहासकै झुर खेलेकी थिएँ। फेरि गुरुहरु पनि दयामाया देखाउँदैनन्। मेरो एङ्कल गएको बेला म कोरियाको ट्रेनिङमा थिएँ, त्यहाँको गुरुले दौडिनुको सट्टा उभिएर गर्ने एक्ससाइज दिन्थे। साथीहरुले बोकेर ट्रेनिङमा लैजान्थे। मेरो खुट्टामा भेरिकोच (नसा गुटमुटिएको) छ। डाक्टरले अपरेसन गर्नुपर्छ भनेको छ तर मैले समय मिलाउनै सकेकी छैन। फेरि एक हप्ता रेस्ट बसे पनि हामीलाई निकै गाह्रो हुन्छ। सानो बेलामा थाहा नभएर बसेका खिलहरुले पनि खुट्टा निकै दुखाउँछन्। विदेशीहरुसँग खेल्दा त झनै उनीहरुको हाइट पनि हुने, यति किक खाइन्छ कि कुरै नगरौँ १ हप्ता दिनसम्म कानै नसुन्ने, दाँतले खाना चपाउनै नसक्नेसम्म हुन्छ। अहिले सुनाउँदा रमाइलो लाग्छ, त्यही भएर सुनाइहालौं, मैले सबैभन्दा धेरै कुटाई खाएको भनेको २०१० मा खान्जो सेलेक्सनमा हो। त्यो बेलामा मसँग भिड्ने मान्छे भनेको धेरैपटक खेल जितिसकेकी अयशा शाक्य हुनुहुँदो रहेछ। उहाँले मुखमा यति किक मार्नुभयो कि, मुख त पूरै छियाछिया भएको थियो। एक महिनासम्म भात खान सकिनँ भनेपछि कति ठोक्नुभएछ आफैँ विचार गर्नु न १ त्यो बेलामा मेरो कपाल पनि लामो थियो। आमालाई कपाल काट्छु भन्दा दिनुभएको थिएन। अनि आयशाको गोदाइ खाएको फोटो भोलिपल्ट पत्रिकामा आएछ। उहाँले मुखमा बजाइराको अनि मेरो कपाल हावामा उडिराको फोटोले गर्दा कपाल काट्न पाएँ। आमाले कपाल काट्न दिएको खुशीले मेरो आधा पीडा त गायब !
अब कुरा गर्दा कुरैको दुःख भन्थे, कपालको कुरा आएपछि यसको पनि लामो कथा छ। म युकेजीमा पढ्दा आमाले सधैं भोगटे कट काटिदिनुहुन्थ्यो। एकदिन त स्कुलको मिसले सबैको कपालमा बो (काँटा) छ, तेरो किन छैन भनेर गाली गर्नुभयोे। मेरो आमा निकै कडा स्वभावकी हुनुहुन्छ, मैले स्कुलमा मिसले गाली गरेको सबै सुनाएँ। भोलिपल्ट त मेरी आमा पूरा डन पारामा स्कुल जानुभयो। पिटी चलिराथ्यो, प्रिन्सिपललाई, मेरो छोरीलाई बो लगा भन्ने मिस कुन हो, अगाडि ल्याउनुप¥यो, अनि कसरी बो लाउने हो सिकाउनुप¥यो भन्नुभयो। साथीहरु सबैले मेरो मुखमा हेरिरहेका थिए। विचरा मिसलाई त के गरौं, कसो गरौं भएछ अनि सबैको अगाडि मेरो नजिकै आएर आफैँले लगाएको चिम्टी निकालेर भोगटे कट् कपालमा लगाइदिनुभयो। त्याँदेखि आमाले मलाई त्यसैगरी बो लगाएर स्कुल पठाउनुहुन्थ्यो र कपाल काट्नै दिनुहुन्नथ्यो। आयशाको किकले मैले फेरि कपाल काट्न पाएकी थिएँ।
केही साथीसंगतिका कुरा पनि गरौं न !
सानैदेखि मेरो संगत केटासँग मात्रै भयो। त्यही भएर अहिले पनि मेरो केटी साथी छैनन्। केटी साथी भएपछि घुम्न जानुपर्छ, उनीहरुसँग गफ गर्नुपर्छ तर मलाई केटीहरुसँग बोल्नै आउँदैन। त्यति मात्रै हैन, ममा केटीवाला गुण पनि खासै थिएन। छोरी साह्रै लाटी भई भनेर ६ कक्षापछि आमाले सरकारी स्कुलमा भर्ना गरिदिनुभयो तर म विचरालाई कपाल कोर्न पनि आउँथेन। सानोमा फेरि मेरो कपाल पनि निकै बाक्लो र लामो थियो। कपाल कोर्न आँट्यो, काइँयो अड्केर तनाव हुन्थ्यो १ आमा फेरि झनै पिट्ने १ त्यही बेला छिमेकी आएर मेरो छोरीले त भात पनि पकाउँछ, घरको सबै काम गर्छ भन्दिने क्या १ म फेरि उस्तै, चिया उम्लेपछि के गर्ने भन्ने पनि नआएर आमा चिया उम्ल्यो भनेर चिच्याइदिने १ काम गर्न भन्दा आमाको पिटाइ खान सजिलो भएर पनि होला ! (हाँस्दै)
खेलाडी भएपछि डाइटको पनि कुरा आउँछ, एक दिनमा के–के खानुहुन्छ सरर भन्नुपर्दा र?
अन्य मानिसले जस्तो खाना खान्छन्, हामीले पनि खाने त्यही नै हो। नेपाली खेलाडीको डाइट भनेर अन्य देशका जस्तो कहाँ हुन्छ र !
यता हामीले चाहिँ डाक्टरले सिफारिस गरेको औषधी भन्दा हाम्रै टिमका मेम्बरले सिफारिस गरेको औषधी खानुपर्छ किनभने त्यहाँ इनर्जी दिने औषधी देखियो भने हामीलाई कार्बाही हुन्छ। लगातार राम्रो खेल्यो भने त मेडिकल चेकमा हालिदिन्छन्, कुनै औषधी (ड्रग्स) खायो कि भनेर १ म त तीन चोटी मेडिकल चेकमा परिसकेँ तर रिजल्टमा औषधी देखिएन। एकपल्ट चीनमा ट्रेनिङ गर्दागर्दै ठेउला आएछ। मुख फुलेर, ज्यान पुरै फोकैफोकाले पोल्दा पनि रेस्ट गरिनँ अनि औषधी पनि खाइनँ। चीनबाट फर्किने बेलामा त मलाई यु आर नट एलाउड रे १ अनि फेरि ट्वाइलेट गएर मेकअप गरेर गाह्रो हुँदाहुँदै पनि हाँस्दै आएपछि बल्ल आउन पाएँ। नेपाल आएपछि त्यसैले एक महिना थलायो। अहिलेसम्म सबैभन्दा लामो रेस्ट बसेको समय पनि त्यही हो।
खान त मलाई घिउ एकदमै मनपर्छ तर त्यो मुखमा पनि राख्न पाइन्न। अर्को चटपटे, पानीपुरीले पनि हुरुक्कै पार्छ तर के गर्नु रु हुलुक्क हुलुक्क आइहाल्छ। ज्यानले पनि एडप्ट नगरेको होला १ फेरि जे मनपर्छ त्यो खान हुँदैन, अनि जे खान हुँदैन, त्यही मेरो नजिक–नजिक आउँछ।
फेरि घरकाले पनि त्यस्तै चिज बनाएर मलाई लोभ्याइरहन्छन्।
खेलाडीहरु त फिल्ममा जति चोट लागे पनि फाइट खेल्न सक्ने हिरो जस्तै हुन्छन् है ?
हुनै पर्छ नि १ सानातिना चोट–पटकलाई लिएर रेस्ट गर्ने हो भने त केही गर्नै सकिँदैन। फेरि हामी रेस्टमा बस्नेबित्तिकै झनै धेरै दुख्न थाल्छ। कस्तो हुन्छ भने, वामअप गरिसकेपछि ज्यान तात्छ र दुखाइको पत्तो हुँदैन। दुख्यो भनेर रेस्ट गर्न थाल्यो भने त झन् धेरै दुख्छ। जब घर जाने बेला हुन्छ, ज्यान चिसो हुन्छ अनि देखिन्छ असली पीडा। आफूलाई अघि उफ्रने मै होला र भन्ने हुन्छ। अझ पिरियडको समयमा त ट्रेनिङमा नजाउँजस्तो लाग्छ, फेरि तलतल लागिहाल्छ अनि गइन्छ। हल्का वामअप मात्रै गरेर फर्कन्छु भन्ने हुन्छ। वामअप गरिसकेपछि ह्या जाबो दुई तीन घण्टा त हो नि, गर्दिन्छु भन्ने लाग्छ र गर्छु।
खेलकुदमा लागेपछि एकदमै रमाइलो लागेको एक दिन सम्झँदा कुन दिन याद आउँछ ?
अहिलेसम्म त्यस्तो दिनै आएको छैन। जति दुःख गरेको छु नि, त्यसको स्वाद चाखेँ भन्ने नै छैन। जति मबाट गुरुहरुले आशा राखेका छन् र मैले जति दुःख गरेकी छु, त्यो पूरा भएकै छैन। जुन दिन ती कुराहरु पूरा हुन्छन्, त्यही दिन मात्रै मेरो रमाइलो दिन हुनेछ।
महिला खेलाडीलाई समाजले हेर्ने नजर कस्तो हुँदोरहेछ त र?
हामी महिला खेलाडीका लागि खेल भन्दा पहिले समाजसँग लडेर जित्नुपर्ने हुँदोरहेछ। खेलकुदको सिलसिलामा घर कम र बाहिर ज्यादा समय बिताउनुपर्ने हुन्छ। विदेशको खेलमा जाँदा त समाजले वाउ तिम्रो छोरीलाई राम्रो छ, देशविदेश घुम्न पाएकी छ भन्छन् तर जब देशकै कतिपय जिल्लामा खेल्न जानुपर्छ अनि कुरा काट्न थालिहाल्छन्। पहिलेपहिले नेसनल गेममा खेल्न जाँदा छिमेकीले छोरी छट्टाएर हिँडेकी छ, कता कता पुगेकी छ भनेर कुरा काट्ने रहेछन्। मैले पहिले पनि भनेँ नि, हाम्रो आमा डन टाइपको हुनुहुन्छ भनेर। नाम त खुलाउँदिनँ, तर मेरै साथीको आमाले छोरी त ट्रेनिङ भनेर काँकाँ जान्छे रे, को को केटासँग के के गर्छ रे, घुम्न जान्छ रे भनेर कुरा काट्नुभएछ। अनि मेरो आमाले त स्कुलमा त्यो साथीको अगाडि तैंले मेरो छोरीको कट्टु धोएर खाएको छस् र रु तैँले पाएको हो र कुरा काट्छस् भनेर भाम थर्काउनुभयो। त्यतिले नपुगेर अझै ल्यान्डलाइनबाट त्यो साथीकी आमालाई फोन गरेर तँतँ र मम भनेर गाली दिनुभएछ। पूरा फोनमा त वार परिराको, ब्याटलजस्तो। भोलि स्कुल आइज, मैले जान्या छु भनेर आमाले बोलाउँदा त्यो आन्टी त नआइदिराको डरले !
हाम्रोमा फिल्म उद्योग, नाटक क्षेत्र, विश्वविद्यालयतिर मीटूका हल्ला व्यापक भइसक्यो तर खेल क्षेत्रबाट यस्ता कुरा आएनन् नि?
खै फिल्ममै देखाएजस्तो र पत्रिकामा पढेजस्तो त मैले अहिलेसम्म भोगेकी छैन। तर नहुने भन्ने चाहिँ हुँदैन। हाम्रोमा देखे पनि भोगे पनि यस विषयमा बाहिर चन्न मिल्दैन। यसरी बोल्दा अर्को पटकदेखि सेलेक्सनमा नपरिएला भन्ने डर हुन्छ।
Leave A Comment