कुमार–कुमारीत्व तोडिँदाको क्षण

बुधबार, २१ फागुन २०७६, १२ : ०३ डा. दिनेश बाँस्ताेला
कुमार–कुमारीत्व तोडिँदाको क्षण

जनावरको मौसमअनुसार यौनिक चक्र हुन्छ। प्राकृतिक नियमअनुसार यौनको पनि मौसम हुन्छ। तर मानिसमा सधैँ यो लागू हुँदैन। व्यक्तिको यौनजन्य प्राथमिकता पहिलोपटक कुमार–कुमारीत्व तोडिनुमा पनि लागू हुन्छ। व्यक्तिमा बाह्रै महिना यौन सम्पर्कको चक्र भएको देखिन्छ। यौन जोडीको सहमति, स्थान र सयम मिलेको अवस्थामा व्यक्ति यौन सम्पर्कमा सरिक हुन सक्छ।

अध्ययन अनुसार करिब ५० प्रतिशत मानिसले वर्षाको मौसममा आफ्नो कुमार–कुमारीत्व तोड्छन्। बाँकीले सबै महिना तथा मौसममा कुमार–कुमारीत्व तोडेको पाइन्छ। अधिकांश व्यक्तिले साँझ तथा रातको समयमा कुमार–कुमारीत्व तोड्छन्। जुन स्वाभाविकै हो। शरद ऋतु कुमार–कुमारीत्व तोड्ने अत्यन्तै उत्तम मौसम हो। तर यौन जोडीसँग सहमति भएको अवस्थामा शरद ऋतु कुर्नैपर्छ भन्ने पनि छैन।
अधिकांश व्यक्तिले हतार–हतारमा यौन जोडीसँग आफ्नो कुमार–कुमारीत्व तोड्छन्। रातको समयमा यस्तो पहिलो आनन्दानुभूति लिने मौका कमै व्यक्तिले पाउँछन्। यौन जोडीबीचको यौन उन्माद तथा सहमतिमा यौन सम्पर्क गरी कुमार–कुमारीत्व तोडिन्छ। पहिलोपटक यस्तो आनन्द लिँदा यौन जोडीबीचमा समर्पण भाव अवश्य जाग्छ। जुन जीवनभर यादगर पनि हुन्छ। यस्तो अविस्मरणीय क्षण व्यक्तिलाई भुल्न मुस्किल पर्छ। त्यसैले भर्जिनिटी (कुमार–कुमारीत्व) तोडिँदाको क्षणलाई संयमितताका साथ व्यवस्थापन गर्न आवश्यक हुन्छ।

एकैसाथ कुमार–कुमारीत्व तोडिँदाको अनुभव
व्यक्तिको कुमार तथा कुमारीत्वलाई निक्कै महत्वका साथ हेरिन्छ। पहिलोपटक यौन सम्पर्क गरिसकेपछि व्यक्तिको कुमार तथा कुमारीत्व तोडिन्छ। यसरी दुवै यौन जोडीको पहिलोपटक कुमार र कुमारीत्व तोडिँदा यौन जोडी भावनात्मकरुपमा एक हुन मद्दत पुग्छ। तर यौन जोडीमध्ये एकको पहिले नै कुमार–कुमारीत्व  तोडिसकेको अवस्थामा यौन सम्पर्क गर्दा भने त्यस्तो आनन्दानुभूतिको अनुभव गर्ने अवसर कमै मिल्छ। दुवै यौन जोडीले एकैसाथ कुमार–कुमारीत्व तोड्ने शौभाग्य कमैले पाएका हुन्छन्। अध्ययनअनुसार केवल दश प्रतिशत व्यक्तिले मात्रै दुवै यौन जोडीले एकैसाथ कुमार–कुमारीत्व तोड्ने मौका पाउँछन्। सामान्यतः कुमार–कुमारीत्व व्यक्तिको २० वर्ष उमेर नपुग्दै तोड्ने गरेको पाइन्छ। यसबाट पनि थाहा हुन्छ कि धेरै व्यक्तिले कलिलै उमेरमा यौन सम्पर्क गरिसकेका हुन्छन्।

दुवै यौन जोडीले पहिलोपटक यौन सम्पर्क गरी कुमार–कुमारीत्व तोडेका यौन जोडीबीच नै विवाह हुने सम्भावना कमै हुन्छ। धेरै व्यक्तिले विवाह अघि नै कुमार–कुमारीत्व तोडिसकेका हुन्छन्।


अविस्मरणीय क्षण
पहिलोपटकको घटना अविस्मरणीय हुन्छ। त्यसैले कुमार–कुमारीत्व तोड्दाको घटना पनि अविस्मरणीय हुन्छ। व्यक्तिले यौन जोडीसँग यौन सम्पर्क गरेको अवस्थामा समेत पहिलोपटक यौन जोडीसँग यौन सम्पर्क गर्दाको घटना याद गर्छन् र सम्झना आउँछ। तर पनि व्यक्तिले यस्तो यादलाई गौण राख्छन्।

पहिलोपटक यौन जोडीसँग यौन सम्पर्क गरेको घटना पछिल्लो यौन जोडीले थाहा पाएको अवस्थामा यौन जोडीबीचको सम्बन्धमा दरार उत्पन्न हुनुका साथै पारिवारिक तनावसमेत उत्पन्न हुने भएकाले पहिलो कुमार–कुमारीत्व तोडेको घटनालाई व्यक्तिले गौण राख्छन्। पहिलो घटनाको याद आउने भए पनि नयाँ अभ्यासमा व्यक्तिले जीवनयापन गरेको हुन्छ। यौनको मामलामा पनि यो लागू हुन्छ। त्यसैले त भनिन्छ नि,‘हिजोलाई भुल, आजलाई बाँँच, भोलिलाई योजना बनाऊ।’

तसर्थ अधिकांश यौन जोडीको विगत विगतमै सीमित हुन्छ। विगतलाई कोट्याउनु दुवै यौन जोडीका सम्बन्धमा दरार आउनुका साथै पारिवारिक दुर्घटना तथा असफल जीवनको प्रारम्भको जोखिम हुन्छ।

हरेक आफ्नो यौन जोडीसँगको यौन सम्पर्कको समयमा पहिलो घटनाको परिकल्पना गरेर यौन सम्पर्क गर्ने यौन जोडीको संख्या कम हुन्न। यौन सम्पर्कको क्रममा पहिलोपटक यौन सम्पर्क गरी कुमार–कुमारीत्व तोडेको सम्झना हुनु स्वाभाविकै हो। यस्तो समयमा पहिलो यौन जोडीको याद बढी आउँछ।

कतिपय यौन जोडीले त पछिल्लो यौन जोडीसँग यौन सम्पर्क गर्दासमेत पहिलोपटक यौन सम्पर्क गरेको यौन जोडीसँगको कल्पना गर्छन्। त्यसैले शारीरिक रुपमा पछिल्लो यौन जोडीसँग यौन सम्पर्क गरे पनि पहिलो यौन जोडीको कल्पना, यौन अभ्यास, घटनामा मन र मस्तिष्क लिप्त हुनु स्वाभाविक हो।

संयमता
शारीरिकरुपमा पछिल्लो यौन जोडीसँगको यौन सम्पर्कको क्रममा व्यक्ति आवेशमा आई कतिपय यौन जोडीले कुमार–कुमारीत्व तोडेको यौन जोडीको झ्वाट्ट नामसमेत उच्चारण गर्न पुग्छन्। यस्तो अवस्थामा यौन जोडीको सम्बन्धमा दरार उत्पन्न भई सम्बन्ध विच्छेदको अवस्था सृजना हुने जोखिम भएकाले व्यक्ति सचेत हुन आवश्यक छ। विगतको कुरा भुल्न नसके पनि संयमित हुन भने आवश्यक हुन्छ।

पहिलोपटकको यौनसम्पर्कमा कुमार–कुमारीत्व तोड्दाको यादलाई व्यवस्थापन गर्न सक्नुपर्छ। नत्र त्यसले मानसिक तनावको स्थितिसमेत सृजना भई पछिल्लो यौन जोडीसँगको यौन सम्पर्क तथा सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्छ। व्यक्तिको तन पछिल्लो यौन जोडीसँग भए पनि मन कुमार–कुमारीत्व तोड्दाको यौन जोडीसँग हुँदा पछिल्लो यौन जोडीसँग यौन सम्पर्क मात्रै हैन, व्यावहारिक जीवनमै खल्लोपना उत्पन्न हुन सक्छ। त्यसैले यौनको पहिलो त्यस्तो घटनालाई भुली नयाँ यौन जोडीसँगको यौन सम्पर्क तथा जीवनमा रमाउन सक्नु तथा जान्न आवश्यक हुन्छ। पछिल्लोपटकको यौन जोडीसँगको सम्बन्धलाई नयाँ जीवनको सुरुआत तथा सम्बन्धका रुपमा लिन आवश्यक छ। एक–आपसमा यस्तो शंका गरेको अवस्थामा पनि यौन जोडीबीचको सम्बन्धमा दरार उत्पन्न हुने जोखिम भएकाले पहिले जो सँग कुमार–कुमारीत्व तोडे पनि पछिल्लो जोडीलाई शंका गर्नु हुन्न।
प्रस्तुति: उपेन्द्र खड्का

Leave A Comment