आदीपको चर्चा

बुधबार, २१ फागुन २०७६, १२ : ५४ शुक्रवार
आदीपको चर्चा

दर्शक र पत्रकार मिलेर आँचल शर्मा र पल शाहको जोडी भिडाउने निकै कोसिस गरेका थिए। ह्यासट्याग आँप–जोडी अर्थात् आँचल र पलको जोडी भनेर ट्रेन्डिङमा पार्ने मात्रै होइन, कताकता कस्तो अवस्थामा भेटिए आँप–जोडी भन्ने गसिपले पनि बजार तात्थ्यो। तर उनले पललाई ‘जी’बाट बढुवा दिनै मानिनन्। बरु पलजीलाई एक्लै पारेर अर्कोतिर चक्कर चलाएको कानोकान खबर हुन दिइनन्। यता मान्छेहरु आँप भन्दै कुदिरहेका बेला उता डाक्टर उदीप श्रेष्ठसँग मिलेर आदीप बनाइसकिछन्। यो कुरा धेरैपछि मात्रै थाहा पाए पापाराजीहरुले।

अहिले भने उनीहरुको औंठी साटासाट भइसकेको छ। बिहेको मिति पनि यही महिनाको अन्त्यतिर छ। सामाजिक सञ्जालभर ‘वी ह्याभ डिसाइडेड अन फरएभर’ भन्दै फोटो पोस्ट्याएर बिहे नभएका सहकर्मीको मन चुकचुक्याइरहेकी छन्। हुन पनि हो, बिहे भनेको बेलैमा गर्नुपर्छ, अन्य सिंगलहरुले पनि यसबारे सोचे भो त !

Leave A Comment