नम्रताको साल्सा मोह

बुधबार, २१ फागुन २०७६, ०१ : १२ शुक्रवार
नम्रताको साल्सा मोह

फिल्मका कलाकारहरु धमाधम सिङ्गलबाट मिङ्गल बनिरहेका छन्। केही बिहेको योजना बुनिरहेका छन्, कसैको मिति तोकिइसक्यो त केही प्रेमी चिनाउनेतिर लागेका छन्। तर नायिका नम्रता सापकोटा भने साल्सा नाचमा व्यस्त छिन्।

तीन महिनाअघि उनकी दिदीको बिहेमा अब पालो मेरो भनेर फोटो राखेकी थिइन्। माघ महिना पूरै गयो, फागुन पनि आधाआधी पुगिसक्यो। अहिलेसम्म उनले प्रेमीसमेत चिनाएकी छैनन्। बरु नयाँ–नयाँ केटालाई अँगालो मारेर साल्सा नाचिरहेकी छन्। मौसम बिहेमय भएका बेला उनले पनि आँट गरिहाले हुने हो क्यारे !

Leave A Comment