कमेडी च्याम्पियन: ग्रान्ड फिनालेमा भिडन्त

शुक्रबार, २३ फागुन २०७६, १२ : ४० शुक्रवार
कमेडी च्याम्पियन: ग्रान्ड फिनालेमा भिडन्त

स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा तीन जना प्रतियोगी पुगेका छन्। यस ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन्। सुमन र खड्गबहादुर आउट भएर पनि वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका थिए। सुमन कोइरालाले दले दाइबाट राम्रो पिकअप लिएका हुन् भने खड्गबहादुरले आफैँलाई जोक्स बनाएर उडाउन थालेपछि दर्शकको मन जितेका हुन्। बनावटी जोक्स भन्दा पनि आफ्नै भोगाइलाई  हाँस्यरसमा प्रस्तुत गर्न सक्ने क्षमताका खड्गबहादुर पुन मगर रोल्पाबाट आएका प्रतिष्पर्धी हुन् भने सुमन कोइराला सुनसरीका हुन्। त्यस्तै स्ट्यान्ड–अप कमेडी बनाएर युट्युबमा युवा पुस्तामाझ लोकप्रिय धादिङका हिमेश पन्त पनि कम छैनन्। उनको आफ्नै खालको हँसाउने शैली छ। यी तीन जनामध्ये को बन्छ कमेडी च्याम्पियन भन्नेमा सबैको ध्यानाकृष्ट भएको छ।

ग्रान्ड फिनाले होटल सोल्टी होटलमा गरिने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले बताए। ‘अफिसर्स क्लबमा कुराकानी भएको थियो, समय नमिलेपछि सरेर होटल सोल्टीमा गर्ने पक्का भएको छ,’ निर्देशक भण्डारीले भने, ‘ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायत ‘कमेडी च्याम्पियन’का जज सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहनेछन्।’
कमेडी च्याम्पियनमा रीमा विश्वकर्माले नै होस्ट गर्नेछिन्।   

विकासानन्दको हाँसो


नेपालका आध्यात्मिक गुरु विकासानन्दलाई यस पटक कमेडी च्याम्पियनमा निम्तो गरिएको थियो। उनले च्याम्पियन मञ्चमा हाँस्नुको महत्व मात्र झल्काएनन्, केही ठट्टा गरेर दर्शक तथा जजलाई पनि हँसाउने प्रयास गरे।

उनले भाले हाँसो र पोथी हाँँसो भन्दै दुई थरिको हाँसो सुनाएका थिए। उनको हाँसोको प्रकार सुनेर दर्शक नै चकित परेका थिए।

रोचक त उनले एक पटक जज मनोजलाई एयरपोर्टमा हँसाउने असफल प्रयास गरेको स्वीकारोक्ति गरेर हँसाएका थिए। कति जब्बर मान्छे रहेछन् त भन्दै जज मनोजलाई उडाउने प्रयास गरे।

Leave A Comment