‘रेशम फिलिली’ निर्देशकसँग मिलेर इन्दिराले खोलिन् एनम्याग टिभी

शुक्रबार, ०३ भदौ २०७३, ०९ : २३ शुक्रवार
‘रेशम फिलिली’ निर्देशकसँग मिलेर इन्दिराले खोलिन् एनम्याग टिभी

फिल्म ‘रेशम फिलिली’का निर्देशक प्रणव जोशी र गायिका इन्दिरा जोशीले मिलेर अनलाईन टिभी शुरु गरेका छन् । ‘एनम्याग टिभी’ नाम गरिएको युट्युबम च्यानल उनीहरुले शुरु गरेका हुन् । 

उत्कृष्ट मनोरञ्जन र सुचना प्रदान गर्ने उद्धेश्यले च्यानल शुरु गरेको उनीहरुले बताएका छन् । ‘च्यानलमा हामी विभिन्न मनोरञ्जनात्मक शोहरु राख्नेछौं,’ निर्देशक जोशीले भने, ‘पाँचवर्षभित्रमा हामी एनम्यागलाई दर्शकको च्यानल बनाउन चाहन्छौं ।’

गायिका जोशीले च्यानल विशुद्ध कलाका लागि संचालन गरेको बताइन् । ‘यो च्यानलमा तपाईंले केही रमाइला, केही वाइल्ड र केही प्रेरणादायी चिजहरु देख्न सक्नुहुनेछ,’ उनले भनिन्, ‘यही च्यानलबाट म चाँडै मेरो नयाँ गीत ‘गलफ्रेण्ड’ सार्वजनिक गर्दैछौं ।’

हेर्नुस् च्यानलको एक भिडियो :
https://youtu.be/w2IW6QhChA4

 

 

Leave A Comment