केकीको कहिले ?

बुधबार, २८ फागुन २०७६, ०१ : ०९ शुक्रवार
केकीको कहिले ?

पछिल्लो समय नेपाली फिल्मका अभिनेत्रीहरुले भटाभट घरजम गर्न थालेपछि अब बाँकी अभिनेत्री कसको घरजम बाँकी होला भन्ने चर्चा पनि उत्तिकै चुलिएको छ।

केकीको पालो गन्नेहरु पनि निकै छन् तर उनले विवाहका लागि कुनै छाँटकाँट देखाएकी छैनन्। उनका साथीहरु अभिनेत्री ऋचा शर्मा, प्रियंका कार्कीले घरजम गरिसके भने आँचल शर्माको घरजम हुने तयारीमा छ। यसको प्रभावले होला अचेल केकीलाई पनि विवाहका बारेमा सोच्न बाध्य बनाइरहेको छ।

नहोस् पनि किन ! हालै प्रियंकाको बिहेको बधाई दिँदा उनले लामो टिप्पणी लेखेकी थिइन्। प्रियंकाको नामको अर्थ के हो भन्नेसमेत खुलाएर दिएको बधाईमा अरुले सही थप्नु त कहाँ हो कहाँ, उल्टै प्रशंसकहरुले उनको पालो कहिले भनेर सोध्न थालेका छन्।

Leave A Comment