प्रेममै छन् त नीता र हरिहर ?

बुधबार, २८ फागुन २०७६, ०१ : ५३ शुक्रवार
प्रेममै छन् त नीता र हरिहर ?

अभिनेत्री नीता ढुङ्गाना र ज्योतीष कम अभिनेता हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा चुलिन थालेको छ। गएको फेब्रअरी १४ मा अभिनेत्री नीताले फेसबुकमार्फत हरिहर अधिकारीलाई ‘राम्रो साथी’ भन्दै जन्मदिनको शुभकामना दिएपछि उनीहरुबीच प्रेममा परेको आँकलन धेरैले गर्न थालेका थिए। तर अहिले उनीहरुबीच प्रायः भेटघाट भइरहन्छ। यति मात्र होइन, चार महिना अगाडि वीरगञ्जमा भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुने क्रममा नीता र हरिहरसँगै देखिएका थिए। उनीहरुको प्रेम यहीँबाट फैलिएको फिल्मी बजारमा हल्ला छ।

हुन त नीतालाई विवाह गर्ने रहर नपलाएको होइन। बेला–बेलामा लेखिएको स्टाटस गत डिसेम्बर ११ तारिखमा बेहुलीको भेषमा तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ‘बेहुली भएर उसको घर जान मन छ’ लेखेकी थिइन्। त्यसकै केही दिनमा फेसबुकमा नै ‘गुड नाइट जी’ भन्दै लेखेकी थिइन्। यसबाट नै धेरैले उनी प्रेममा रहेको आँकलन गर्नेको कमी थिएन। यसअघि उनको रोमान्स आमेश भण्डारीसँग रहेको बजार हल्ला थियो। त्यो त अब चार वर्षअघिकै कुरा भयो। अब ‘जी’ चाहिँ को रहेछ त ? बजारमा खोजी जारी छ।

Leave A Comment