मिरुनाको आशा

बिहिबार, २९ फागुन २०७६, १० : ३४ शुक्रवार
मिरुनाको आशा

‘लालपुर्जा’, ‘रोज’, ‘साइनो’ जस्ता फिल्ममा अभिनय गरे पनि दर्शकबाट पत्याइन खोजिरहेकी अभिनेत्री हुन्, मिरुना मगर। उनले सौगात मल्ल, विपिन कार्कीदेखि लिएर प्रदीप खड्कासम्म स्क्रिन साझेदारी गरिसकिन्। तर अझै पनि उनको कामको नोटिस भइसकेको छैन।

उनलाई यतिबेला नयाँ फिलम ‘जारी’बाट खुबै आशा छ। आउँदो जेठ २३ गते प्रदर्शनको तयारीमा रहेको उनका लागि यो नयाँ आशा बन्न पुगेको छ। कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको यो फिल्ममा उनी दयाहाङसँग देखिएकी छन्।

‘कबड्डी’ शृंखलाका लेखकको फिल्म र त्यसमाथि नेपालको मौलिक जारी प्रथामाथि बनेको फिल्म भएकाले पनि यसबाट उनलाई बढी आशा हुनसक्छ। ठीक छ मिरुना, यो फिल्मबाट हामीलाई पनि उत्तिकै आशा छ।

Leave A Comment