आफ्नो र अरुको बिहेको फरक !

बिहिबार, २९ फागुन २०७६, ०१ : ०० शुक्रवार
आफ्नो र अरुको बिहेको फरक !

वर्षा राउत र संजोग कोइरालाले प्रेम दिवसको अवसर पारेर एक वर्षअघि बिहे गरेका थिए। यस पटक आफ्नो वैवाहिक जीवनको पहिलो वार्षिकोत्सव मनाइसक्नेबित्तिकै यो जोडीले केही चर्चित सेलिब्रिटीको बिहे भोज खान भ्यायो।

सहकर्मी प्रियंका कार्कीको विवाहमा भेटिएकी वर्षा राउतले ठट्टा गरिन्, ‘आफ्नो बिहे र अरुको बिहेमा के फरक हुन्छ ?’

वरिपरि भेला भएका अन्य साथीसंगीले पनि खासै फरक खुट्याउन सकेनन्। बिहे त बिहे हो ! के नै पो फरक हुन्छ र ?

जवाफ पनि वर्षा आफैँले दिइन्। भनिन्, ‘आफ्नो बिहे र अरुको बिहेमा फरक हुने भनेको आफ्नो बिहेमा खाने कुराको धन्दै हुँदैन, अरुको बिहेमा खाने कुराभन्दा अरु कुराको धन्दै हुँदैन !’

यो ठट्टामा उनका पति संजोग पनि सामेल हुँदै थपे, ‘आफ्नो विवाहमा त अरुले खाए कि खाएनन् भनेर खातिरदारीमा ध्यान दिनुपर्छ नि त !’ हुन पनि बिहे खाने भनिन्छ, त्यै भएर बढीभन्दा बढी खानमै चासो हुँदो हो है ?

Leave A Comment