सौन्दर्य प्रशाधन कुमारीका र बेवी सेरामी नेपालमा

सोमबार, ०३ चैत २०७६, ११ : २८ शुक्रवार
सौन्दर्य प्रशाधन कुमारीका र बेवी सेरामी नेपालमा

कपाल तथा बालबालिकाको हेरचाहका लागि बहुचर्चित श्रीलंकाली ब्रान्ड कुमारीका र बेवी सेरामीले औपचारिक रुपमा नेपालमा आफ्नो आधिकारिक वितरकको घोषणा गरेको छ।

उत्पादक कम्पनी  हेमाजम्यानुफ्याक्चरिङ प्रालिका निर्देशक रोय जोसेफको उपस्थितिमा गत शुक्रबार पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे। नेपालका लागि आधिकारिक विक्रेता हजुरलाई नमस्ते ट्रेड लिंकका व्यवस्थापकीय निर्देशक ताराबहादुर कुँवरले अन्तर्राष्ट्रिय बजारमा स्थापित उत्पादनको नेपालमा आधिकारिक वितरकको रुपमा जिम्मेवारी पाउनु गौरवको कुरा भएको बताए।

बेवी केयर सँगै सम्बन्धित साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन, ओरल केयरमा मञ्जन, माउथवास, स्किन केयरमा साबुन, लोसन, वोडीवास, हेयर केयरमा आयाल, स्याम्पु, कण्डिस्नर, सिरम, सुगन्धअत्तर र सेनेटरी न्याप्किनलगायतका उत्पादन रहेको सेल्स एण्ड मार्केटिंग म्यानेजर सलिना कुवरले जानकारी दिइन्।

कुवरले उत्पादनहरु सबै प्राकृतिक जडिबुटीबाट बनेको र स्वास्थ्य र सुन्दरतामा आफ्नै पहिचान बनाएको बताइन्। यसको उत्पादन नेपाललगायत भारत, माल्दिभ्स, पाकिस्तान, लेबनान, बंगलादेश, युके, न्युजिल्यान्ड, अस्ट्रेलियालगायतका देशमा लोकप्रिय रहेको बताइन्।

Leave A Comment