गर्मीमा पहिलो यौनउत्कर्ष

मङ्गलबार, ०४ चैत २०७६, ११ : ०१ डा. दिनेश बाँस्ताेला
गर्मीमा पहिलो यौनउत्कर्ष

कुमार–कुमारीत्व तोडिने कुरा बिहान, दिउँसो, साँझ तथा रातिको समयमा मात्रै नभई ऋतु र मौसमले पनि प्रभाव पर्छ। वसन्त ऋतु, शरद ऋतु, वर्षा ऋतु र जाडो यामले कुमार–कुमारीत्व तोड्ने कुरामा प्रभाव परेको हुन्छ। यस्ता ऋतुले यौनमा निर्देशन गरेको देखिन्छ। अधिकांश यौन जोडीले बिहान तथा रातिको समयमै कुमार–कुमारीत्व तोड्न रुचाएको पाइन्छ।

वैशाख–जेठमा उत्कर्ष
अध्ययन अनुसार सबैभन्दा बढी कुमार–कुमारीत्व तोडिने महिना वैशाख, जेठ, असार साउन, असोज र कात्र्तिक हुन्। जसमध्ये पनि सबैभन्दा बढी कुमार–कुमारीत्व तोडिने महिना वैशाख र जेठ हुन्।

त्यसैगरी कुमार–कुमारीत्व कम तोडिने महिना भदौ, मंसिर, पुस र माघ पर्छन्। यीमध्ये सबैभन्दा कम कुमार–कुमारीत्व तोडिने महिना मंसिर र पुस हुन्। जाडोमा मेकअपका कारण यौन जोडीबीचको आकर्षण बढ्ने भए पनि गर्मी मौसममा व्यक्तिको शरीर बढी खुल्ला हुने भएकाले गर्मी मौसममा बढी कुमार–कुमारीत्व तोडिनु स्वाभाविकै हो।

दैनिकी तथा मौसमी बेगका कारण पहिलोपटक हुने यौन सम्पर्कमा भूमिका खेल्छ। अध्ययन अनुसार ८५ प्रतिशत व्यक्तिले गर्मी मौसम (वर्षादको समय) मा कुमार–कुमारीत्व तोडेको पाइन्छ।  

उज्यालोले सक्रिय हार्मोन
गर्मी मौसममा मुख्यगरी घामको उज्यालो र तापक्रमका कारणले व्यक्तिको शरीरमा रगतको ‘प्लाबिका’ मा ‘टेस्टोस्टेरोन’ बढ्छ। जसले गर्दा कुमार–कुमारी दुवैका जनेन्द्रिय हार्मोनहरु निष्कासन भई बढी सक्रिय हुन्छन्। यसरी हार्मोनको सक्रियताका कारण व्यक्तिमा यौन उत्तेजना आउँदा यौन जोडी एक–अर्काप्रति यौनाकर्षित हुन्छन र यौनसम्पर्क गर्छन्।

कतिपय व्यक्तिमा त यौन क्रियाकलाप, यौन उत्तेजना, चाहना तथा यौन आकांक्षाका लागि जनेन्द्रिय ग्रन्थीहरुमा हार्मोन निष्कासनले पनि फरक नपारेको देखिन्छ। यस्तो अवस्थामा कुनै समय तथा मौसम विशेषमा मात्रै नभई जुन समय तथा मौसममा पनि यौन जोडीले कुमार–कुमारीत्व तोड्ने अवस्था हुन्छ।

सामान्यतः पुरुष जनेन्द्रिय हार्मोन स्थिर हुन्छन्। जसका कारण उतारचढाव कम हुन्छ। यसको अर्थ पुरुष जनेन्द्रियबाट निष्कासन हुने रगतको ‘प्लाबिका’ टेस्टोस्टेरोन वर्षभरि नै आफ्नो फरक तहभित्र स्थिर नै रहेको पाइन्छ। जसका कारण पुरुषको यौन क्रियाकलाप सदाबहार नै हुन्छ।

साँझको उचित वातावरण
साँझपरेपछि तथा बिहानी पखको समय उचित यौनिक वातावरण हो। साँझ र बिहानको  समयमा यौन जोडी सँगै बसेको अवस्थामा समेत यौन उत्तेजना बढी यौन जोडी यौन सम्पर्कका लागि तयारी अवस्थामा हुनु स्वाभाविकै हो। त्यसैले यौनजन्य क्रियाकलाप चक्रियताको रुपमा चल्नका लागि वातावरणीय तथा सामाजिक पर्यावरणजस्ता कारक तत्वले पनि यौनिक सुर र ताल मिलाएको हुन्छ।

गर्मी मौसमको (राति तथा दिउँसो) गर्मीका कारण निद्रा पनि कम लाग्छ। निद्रा कम लागेको अवस्थामा व्यक्ति फुर्सदिलो हुन्छ। व्यक्ति फुर्सदिलो भएको अवस्थामा यौन जोडीको उपलब्धतामा यौन सम्पर्क गरी यौन जोडीले समय बिताउने अवस्था सृजना हुन्छ। यो प्रसंग कुमार–कुमारीमा पनि लागू हुन्छ। कुमार–कुमारी जोडी आपसी सहमतिमा यौनका लागि तयारी हुन सक्छन्।

व्यक्तिले पानी परेको समय र जाडोको समयमा यौनसम्पर्क गर्न रुचाउँछन् भन्ने गरेको पनि पाइन्छ। यसको अर्थ प्रकृति, स्वभाव र यौन अभ्यासको तारतम्य मिलेको देखिन्छ।

फुर्तिलो शरीर
त्यति मात्रै कहाँ हो र ? सामान्यतः हिउँद (जाडो) मौसमको तुलनामा गर्मी मौसममा शरीरमा व्यायाम पुग्ने भएकाले कुमार–कुमारीको तौल घट्छ। गर्मी मौसममा व्यक्ति बढी हिँडडुल गर्ने लगायतका कारण शारीरिक व्यायाम पुग्ने भएकाले यो मौसममा शरीरमा रक्तप्रवाहमा सहजता मिल्छ। जसले व्यक्तिको शारीरिक स्फुर्ति बढ्ने भएकाले यौनमा सक्रिय हुन सहयोग मिल्छ।

मनोदशा र सामाजिक क्रियाकलाप गर्मी मौसममा बढ्छ। कुमार–कुमारी यौन जोडीले स्कुल–कलेज, सामाजिक जमघटबाट फर्किएर पहिलो यौनका लागि सहभागिता जनाउने उचित समय हुन सक्छ। नेपालीहरुको मनोसामाजिक बनोट र क्रियाकलापले पनि यौनमा किक्कै प्रभाव पारेको देखिन्छ। गर्मी मौसममा पर्ने भोजभतेर, भेटघाट तथा बिदाका कारण यौनमा प्रभाव पारेको हुन्छ। यस्ता कयौं बिदा तथा भेटघाट गर्मी मौसममा भएको देखिन्छ।

तर यसरी पहिलोपटक यौन सम्पर्क गर्दा भने दुवै यौन जोडी निक्कै सचेत हुन आवश्यक छ। भविष्यको ख्याल गरेर मात्रै यौन सम्पर्कमा सहभागिता जनाउनु नै बुद्धिमता हुन्छ। जथाभावि भविष्यको विनायोजना यौन सम्पर्क गर्दा भविष्य नै अन्धकारमा धकेलिन सक्छ। यसमा सचेत हुन आवश्यक छ।  

अनुभूति साटासाट
यौन जोडीले पहिलोपटक यौन सम्पर्क गरी कुमार–कुुमारीत्व तोडेपछि एकआपसमा यौन सम्पर्कको अनुभूति साट्नु उचित हुन्छ। एक आपसमा अनुभूति साट्नाले जीवनमा पछि गरिने यौन सम्पर्क आनन्ददायी बनाउनका लागि सहयोग मिल्छ। त्यस कारणले यौन सम्पर्क गरिसकेपछि यौन जोडीले एकआपसमा खुलस्तरुपमा यौन सम्पर्क गर्दाको अनुभूति साट्नु पर्छ। यौन जोडीबीच एक आपसमा खुलस्तरुपमा यौन अनुभूति बाँड्दा यौन जोडीबीचको माया पनि प्रगाढ बन्न पुग्छ। कुमार–कुमारीत्व तोड्ने लहडमा व्यभिचारी हुनु हुँदैन। परस्त्रीगमन र परपुरुषगमन गर्नु हुँदैन।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment