आफ्नो बेइज्जत आफैँ !

बुधबार, ०५ चैत २०७६, ११ : ५८ शुक्रवार
आफ्नो बेइज्जत आफैँ !

नायक सविन श्रेष्ठ बोलिराख्ने तर ढंग नपु-याउने अभिनेतामध्ये सबैभन्दा अगाडि छन्। कहिले अनु शाहसँगको प्रेमका कारण त कहिले यस्तै बेतुकका कुराले चर्चामा आइरहने सविनको चर्चित फिल्म भने शून्य छ। अहिलेसम्म गतिला फिल्म दिन नसकेका उनी आफ्ना फिल्मको तुलना भने अन्तर्राष्ट्रिय फिल्मसँग गर्न भ्याउँछन्।  त्यो पनि सानातिनासँग हो र ? सय करोड नाघेका फिल्मसँग !

केही महिनाअघि प्रदर्शनमा आइसकेको फिल्म ‘साहो’ र अहिले हलमा चलिरहेको ‘बागी ३’ को पोस्टरसँग आफ्नो प्रदर्शन नै नभएको फिल्मसँग दाँजेर उनले आफ्नै बेइज्जत गरेका छन्। आउने वैशाख अन्त्यमा प्रदर्शन मिति तोकिएको फिल्म ‘हिरो रिटन्र्स’ को प्रचारप्रसारमा व्यस्त उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मका दुई फोटो तुलना गर्दै लेखेका छन्, ‘बलिउडमा कलिउडको कपी हुँदोरहेछ, सञ्जोग मात्रै होला !’
उहिल्यै बजारमा हिट भएका विदेशी फिल्मसँग तुलना गर्ने रहर हो कि आफ्नै बेइज्जतीको हेक्का नभएको हो यिनलाई ?

Leave A Comment