ठगसँग डराउने उषा

बुधबार, ०५ चैत २०७६, १२ : ०६ शुक्रवार
ठगसँग डराउने उषा

पूर्व मिस नेपाल उषा खड्गी ठगिएकी छन्। कुपण्डोलमा उषाज् स्टाइल कलेक्सन बुटिक सञ्चालन गरिरहेकी उनलाई जापानमा रहेकी एक युवतीले ठगेकी हुन्। आफूलाई मिस नेपाल जापान २०१९ बताउने आरोही सुवेदी नाम गरेकी युवतीले खड्गीलाई ठगेकी हुन्।

केही दिनअघि फेसबुकमार्फत आरोहीको दुई वटा स्क्रिन सट फोटोसहित उषाले स्टाटस लेखी आफू ठगिएको बताएकी थिइन्। उनले लेखेकी थिइन्, ‘यिनी हुन्, जापानमा बस्ने नेपाली युवती। नेपालका प्रायः सबै बुटिकबाट लुगा किन्ने अनि पेमेन्ट दिने बेला ब्लक गर्ने फेसबुक र भाइबरमा। उनले अगाडि लेखेकी छन्, म पनि यिनी युवतीको ठगीमा परेकी छु।

अहिले भने उक्त स्टाटस हटाइएको छ। यसको मतलब उनी ठग्नेसँग डराएकी छन्। नबिराउनु नडराउनु भन्ने त उखानै छ, त्यस्ता ठगी गर्नेदेखि नि के डराइरा’को होला !

Leave A Comment