राहु लाेग्ने

बिहिबार, २७ चैत २०७६, १२ : ३३ शुक्रवार
राहु लाेग्ने

मेरो प्रेम विवाह भएको हो। हाम्रो भेट विवाहमा भएको थियो।   विवाहमा भेट्दा पहिलो नजरमै ऊसँग माया बस्यो त्यसपछि ऊ मलेसिया गयो। अनि हाम्रो भेट एकै चोटी फेसबुकमा भयो। उसले  नै प्रेम प्रस्ताव ग-यो। उसको प्रेम प्रस्तावलाई स्वीकारेँ तर उसको अर्की प्रेमिका पनि रहिछ।

त्यही भएर मैले उसलाई छोड्न खोजे।  मलाई हाम्रो सम्बन्ध आगाडि बनाउन मन थिएन तर उसले मेरो  लागि रुने, हात काटेर भिडियो कलमा सताउने गथ्र्यो। उसले धेरै  चोटी माफी पनि माग्यो अनि उसको आमासँग कुरा गरायो त्यसपछि  फेरि हामी एक भयौँ। उसले धेरै माया गथ्र्यो।

लभ परेको तीन वर्षपछि हाम्रो बिहे भयो। जात र धर्म मिल्ने परिवारमा बिहे भएको थियो। मैले सोचेकी थिएँ, बिहेपछि सबै ठीक हुन्छ तर बिहेको तीन  महिनापछि ऊ परिवर्तन हुँदै थियो। उसको परिवारले पनि छोरा जति  राम्री बुहारी आइन भनेर सुनाउन थाले तर पनि ऊ चूप बस्थ्यो।

हाम्रो बिहे गाउँमा भएको थियो तर ऊ काठमाडौँको भएकाले मलाई एकदम असहज महसुस हुन्थ्यो। मलाई एक्लै छोडेर काम छ भनेर  ऊ साथीहरुसँग रमाउन थाल्थ्यो। घर पनि कम आउँथ्यो। मलाई  एउटा काममा पठाएर ऊ अर्को काममा जान्थ्यो र केटीहरुसँग पनि बोल्ने गथ्र्यो। केटीसँग बोल्ने थाहा पाएपछि मैले ब्लक गरिदिएँ। पछि फोनमा ब्लक लिस्ट नम्बर हेर्दा अनब्लक गरेर कुरा गरेको थाहा  पाएँ। दशैंको बेला मलाई माइत एक्लै पठायो। माइतमा हुञ्जेल एक कल पनि गरेन।

त्यसपछि म घर पुग्दा नचिन्ने नम्बरबाट उसको कल आयो मैले कलब्याक गरे अनि मेरी सासूलाई बोल्न लगाएँ। छिमेकी गाउँको केटी अरे ! उसले त्यो केटीलाई म्यासेज, कल गरिरहन्थ्यो रे ! मेरी सासू धेरै बोल्नु भएन कल आफैँले काट्नु भयो  अनि सासूले कसैलाई केही भन्नु भएन तर मेरो रिस मरेन। यो  म्यासेज मेरो बुबालाई सुनाउँछु भन्दै गर्दा उसले मेरो मोबाइल नै  फुटाइदियो।

एक महिनापछि म काठमाडौँ आएँ। आफैँ केही गर्छु  भनेर तर हाम्रो धेरै झगडा हुन्छ। ऊ मसँग कहिले पनि सँगै हिँड्दैन  थियो। न त फिल्म नै हेर्न जान्छ, न त कहीँ किनमेल गर्न नै ! जहिले   उसकै साथीहरुसँग जान्छ। कहिलेकाहीँ त लाग्छ, म उसको जीवनसाथी भन्दा साथी मात्रै भएको भए हुन्थ्यो। मैले केही कुरा गर्दा पनि वास्ता गर्दैन तर पनि म तिमीलाई धेरै माया गर्छु भन्छ। मलाई जहिले पनि सुखमा राख्छु भन्छ। हाम्रो यस्तो सम्बन्ध देखेर  म दोधारमा परेकी छु। अहिले म गर्भवती भएकी छु। अब म के गरुँ ? रिलेसन अघि बढाऊँ कि छोडौँ ? छोडौँ भने गर्भवती छु। अझै   पनि उसले माया गर्ला भन्ने आशा लागिरहन्छ तर माया गर्छ/गर्दैन   थाहा छैन। कस्तोमा फँसिएछ !
महिला , २६,काठमाडौँ

Leave A Comment