कामोत्तेजनामा घामको करामत

बिहिबार, २७ चैत २०७६, ०१ : ११ डा. दिनेश बाँस्ताेला
कामोत्तेजनामा घामको करामत

वसन्त ऋतुको आगमन सँगै नेपालको अधिकांश स्थानको तापक्रम बढ्दै जान्छ र गर्मी मौसमको सुरुआत हुन्छ। तुलनात्मकरुपमा भन्नुपर्दा जाडो ठाउँमा बस्ने यौन जोडीले भन्दा गर्मी ठाउँमा बस्ने यौन जोडीले बढी यौनानन्द लिएको पाइन्छ। अर्कोतर्फ ३५ प्रतिशत यौन जोडीले गर्मी मौसममा यौनसम्पर्क गर्न रुचाउँदैनन्। यसरी हेर्दा यो तथ्यांक नै विरोधाभास देखिन्छ।

तर, गर्मी मौसमले यौन जोडीको यौन तृष्णा, इच्छा र आकांक्षा तथा अभ्यासमा वास्तवमै असर पारेको हुन्छ ? गर्मीले यौनमा जटिलता निम्तन्छ ? भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो।

यौनको सक्रियतामा घामको प्रभाव अवश्य हुन्छ। घामका कारण वातावरण न्यानो हुँदा यौनाङ्गको सक्रियता बढी यौन सम्पर्कका लागि यौन जोडी सक्रिय हुन सक्छ।

‘भिटामिन–डी’ ले उत्तेजना
यौनमा प्रभाव पार्ने विभिन्न तत्वमध्ये हार्मोन पनि एक हो। यौनको सक्रियतामा ‘भिटामिन–डी’ ले निकै महत्वपूर्ण भूमिका खेल्छ। ‘भिटामिन–डी’ले पुरुषको रगतमा ‘टेस्टोस्टेरोन’ हार्मोनको तह बढाउँछ। जुन अत्यावश्यक पोषण सूर्यको किरणबाट सजिलै प्राप्त हुन्छ। तुलनात्मकरुपमा गर्मी मौसममा यो भिटामिन पाउन सहजता हुन्छ। जसले व्यक्तिको यौन उत्तेजनामा सहयोग मिल्छ। त्यसैगरी गर्मी मौसममा न्यानोका कारण महिला पुरुष दुवै सक्रिय भएर यौनसम्पर्क गर्न सहमत हुन्छन्।

यसैगरी माछाको तेल, मासुलगायतबाट ‘भिटामिन–डी’ पाइने भएकाले घामको अभावमा यस्ता पौष्टिकतत्वयुक्त खानपान गर्नाले पनि व्यक्ति मजबुत हुनुका साथै यौन सक्रियताका लागि लाभदायक हुन्छ।

मौसमअनुसार ‘भिटामिन–डी’ले महिला र पुरुषको यौनजन्य हार्मोनको फारक टेस्टोस्टेरोन र इस्ट्रोजेनमा पाइन्छ। यसरी हार्मोनमा हुने प्रभावका कारण दुवै यौन जोडीमा कामवासना ल्याई, यौन चाहना, क्रिडा र यौन सम्पर्क गर्न सहजता मिल्छ।

त्यति मात्रै हैन गर्मी मौसम भोज–भतेर बढी हुने समय पनि हो। यो मौसममा व्यक्तिका बाह्य क्रियाकलाप बढ्ने भएकाले मनोदशाका साथै ‘इन्डोर्फिन’ हार्मोनको निष्कासन पनि राम्रो हुन्छ। जसका कारण व्यक्तिको मनस्थिति यौन क्रियाकलापका लागि उच्च हुन्छ।

हार्मोनको सक्रियता
यौनको मामलामा मस्तिष्कको ‘हाइपोथालामस’को सक्रियतालाई भने भुल्नु हुन्न। हाइपोथालामस सक्रिय भएपछि मात्रै यौन क्रियाकलाप तथा यौन सम्पर्क हुन्छ। ‘भिटामिन–डी’को कमीले पुरुषमा ‘टेस्टोस्टेरोन’ र महिलामा ‘स्ट्रोजेन’ हार्मोनको कमी हुँदा महिलामा र पुरुष दुवैमा मानसिकरुपमा यौन उत्तेजना आए पनि यौनाङ्ग उत्तेजित नहुँदा यौन सम्पर्क हुन सक्दैन अनि मनै खल्लो हुन्छ। त्यसैले न्यानो मौसम र ‘भिटामिन–डी’ को सन्तुलन मिलेको अवस्थामा यौन जोडीबीच यौन क्रियाकलाप तथा यौन सम्पर्क हुँदा यौन जोडी चरमोत्कर्षमा पुगी यौन सन्तुष्टि मिल्छ।

गर्मी मौसममा जाडोको तुलनामा केही हदसम्म भए पनि व्यक्तिको शरीरमा ‘भिटामिन–डी’ को मात्रा पुग्छ। त्यसैगरी ‘सेरोटोनिन’ हार्मोनले ‘भिटामिन–डी’लाई शरीरमा भण्डारण गर्न मद्दत गर्छ। भण्डारण भएको ‘भिटामिन–डी’ ‘सेरोटोनिन’ हार्मोनले थैलीमा पोको पारेर सूर्यको किरणले बाहिर निकाल्न मद्दत गर्छ। सेरोटोनिनले गर्मी मौसममा ‘भिटामिन–डी’ बढी निष्कासन गर्ने भएकाले यो मौसममा यौनाङ्ग बढी सक्रिय हुनाले यौन सम्पर्क गरेको खण्डमा यौन जोडी चरमोत्कर्षमा पुगी यौनानन्द लिन सकिन्छ।

मौसमी कामुकता
सूर्यको किरणले व्यक्तिको मैथुन तथा संभोगमा ठूलो भूमिका खेलेको हुन्छ। गर्मी मौसममा रात छोटा हुन्छन्। त्यसैगरी यो मौसममा गर्मीका कारण खलखल पसिना आउनुका साथै निद्राका लागि समेत मनग्ये संघर्ष हुन्छ। यो मौसम यौनजन्य संकेत देखाउने मौसम समेत हो। यो मौसममा छोटा तथा पातला कपडा लगाउनाले पनि विपरीत लिंगी यौन जोडी यौनप्रति बढी आकर्षित हुन सक्छ। 

त्यसो त यौन क्रिडा तथा यौनमा मौसमको मात्रै प्रभाव परेको हुन्न। यौनमा मौसमबाहेकका विषय–वस्तुले पनि प्रभाव पारेको हुन्छ। तर, गर्मी मौसममा एउटै कोठामा बसेको यौन जोडी अर्धनग्न हुँदा यौन उत्तेजना हुनसक्ने भए पनि गर्मीका कारण यौन जोडी यौनसम्पर्कका लागि तयार हुँदा शरीर नै च्याप्च्याप्ती हुन सक्छ। जसका कारण यौन सम्पर्क गर्न नै असहजता उत्पन्न हुन सक्छ। यसको अर्र्थ गर्मी मौसममा यौन जोडीले यौन क्रिडा तथा यौन सम्पर्क गर्दैनन् भन्ने भने हैन। गर्मी मौसममा यौन जोडीले ओछ्यानमा यौन अभ्यास गर्न नछुटाउनेको संख्या उच्च नै हुन्छ। यो मौसममा यौन जोडीबीच यौन इच्छा तथा आकांक्षा उच्च नै हुन्छ। यो मौसममा काम कम र व्यक्ति यौनका लागि शारीरिक तथा मानसिकरुपमा तयारी रहँदा यौन सम्पर्क हुन्छ। त्यसैले गर्मी मौसम यौन जोडीका लागि यौन क्रियाकलापको प्रस्तुति गर्ने उत्तम मौसमका रुपमा लिन सकिन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment