क्यान कमटेक २०१६ प्रदर्शनी हुने

शनिबार, ०४ भदौ २०७३, ११ : ४१ शुक्रवार
क्यान कमटेक २०१६ प्रदर्शनी हुने

आगामी भदौ २३ देखि २६ गतेसम्म ‘क्यान कमटेक २०१६’ आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीमा इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजीसम्बन्धी विविध सामग्री उपलब्ध हुने आयोजक संस्था कम्प्युटर एसोसियसन अफ नेपालले जानकारी दिएको छ । 
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, विद्युतीय सुरक्षा तथा समाधान, हार्डवेयर सेल्स तथा मेन्टिनेन्सका सुविधासमेत रहनेछन् । त्यस्तै पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहने बताइएको छ । 
प्रदर्शनीमा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजक संस्था क्यानको अनुमान छ । सानाठूला ८१ वटा स्टल रहने प्रदर्शनीका ९० प्रतिशत स्टल बुक भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

Leave A Comment