कविन्द्रको ‘जब मैले तिमीलाई’ सार्वजनिक

शनिबार, २० असार २०७७, ११ : ५१ शुक्रवार
कविन्द्रको ‘जब मैले तिमीलाई’ सार्वजनिक

कोरोना कहरका बीच गायक कविन्द्र श्रेष्ठले नयाँ गीतको भिडियो ‘जब मैले देखेँ तिमीलाई’ सार्वजनिक गरेका छन्। 
स्काई ब्यान्डका मुख्य गायक कविन्द्रले यो गीत भने एकल रुपमा रिलिज गरेका हुन्। उनले यो भिडियोलाई आफैँ निर्देशन गरेका हुन्। उनी भन्छन्, ‘प्रविधिका कारण भिडियो निर्देशन पहिलेजस्तो अप्ठेरो चिज रहेन। प्रविधिमा अपडेट जो सुकैले पनि निर्देशन गर्न गाह्रो छैन।’

गीतलाई राजु मानन्धर तथा निरञ्जन लाल श्रेष्ठले संयुक्त रुपमा छायाकन गरेका छन् भने विजन श्रेष्ठले दृश्य सम्पादन गरेका छन्। 

स्काई ब्यान्डकै शब्द–संगीत रहेको यस गीतलाई उनले कोरोना संक्रमण हुन नदिनका लागि सबै किसिमका उपाय अपनाएर भिडियो तयार पारेको बताए। उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। 

त्यसो त यसलाई टेलिभिजनहरुमार्फत पनि गएको शनिबार रिलिज गरेका थिए। गीतको संयोजन गायक जेम्स प्रधानले गरेका हुन्। 

कपडाका व्यवसायीसमेत रहेका उनले यो बेला व्यापार ठप्प भएको मौकामा गीतसंगीतलाई बढी समय दिएका हुन्। बन्दाबन्दीका बेला उनले आफ्ना गीतलाई पनि स्रोता तथा प्रशंसकमाझ पस्किरहेका थिए। यसअघि रिलिकल भिडियोका रुपमा ‘जब मैले तिमीलाई देखेँ’ प्रस्तुत गरेका थिए।

‘यस्तो बन्दाबन्दीका बेला केही नगर्नुभन्दा केही न केही गर्नैपर्ने सोचले भिडियो बजारमा ल्याएको हुँ,’ गायक श्रेष्ठले बताए।

 

Leave A Comment