‘मैले ब्वाइफ्रेन्डलाई धोका दिएँ’

शुक्रबार, ०९ साउन २०७७, ०१ : ५६ शुक्रवार
‘मैले ब्वाइफ्रेन्डलाई धोका दिएँ’

घर चितवन भए पनि म काठमाडौँमा हुर्केको मान्छे। पढाइमा एभरेज नै छु। स्कुलको बेला एउटा केटा धेरै मन पथ्र्यो र म अहिले ऊसँग रिलेसनमा पनि छु। मलाई ऊ एकदमै राम्रो लाग्छ। म मेरो जीवन ऊसँगै बिताउन चाहन्छु तर मेरो बानी–व्यवहार एकदम खत्तम छ। ऊ अहिले अमेरिकामा पढ्दैछ। ऊ पढ्नमा पनि राम्रो छ। उसको परिवार पनि एकदम बुझ्ने किसिमको नै पाएँ। उसको परिवार देख्दा मलाई धन पनि भएको र मन पनि भएको भन्न मन लाग्छ। त्यस्तो केटा मैले अरु पाउँदिन भन्ने मलाई थाहा छ। हामीबीच ‘सबै’ कुरा भैसक्यो। ऊ विदेश गएपछि मैले यता बिटिटिएम पढेँ। म पढ्ने कलेजमा अरु फ्याकल्टी पनि छ। अर्को फ्याकल्टीको एउटा केटासँग मैले फ्लर्ट पनि गरेँ। ऊसँग सम्बन्ध अगाडि पनि बढ्यो तर मलाई मेरो प्रेमी छ भनेर एकचोटी पनि याद आएन। हामी फिजिकल नि भयौँ। त्यसपछि पो म झसङ्ग भएँ। मलाई रिग्रेट लागेर आयो। त्यहाँदेखि मैले ऊसित दुरी बनाएँ। 

एक वर्षपछि मैले कलेजको सेकेन्ड ब्वाइफ्रेन्डलाई ब्रेकअप दिएँ। अमेरिकामा भएको ब्वाइफ्रेन्डसँग कुराकानी जारी नै थियो। त्यसको तीन महिनापछि नै मेरो अर्को एक जनासँग फेरि शारीरिक सम्बन्ध भयो। बेहोसीकै तालमा भए पनि हामीबीच के–के भएको थियो, त्यो मलाई याद थियो। 

मेरो केटी भन्दा बढी त केटा साथी नै छन्। अरुसँग बोलचाल मात्र हुन्थ्यो। भेट हुँदा पनि जिस्किने गर्थें तर फिजिकल्ली चैँ कहिले भएन। यो लकडाउनमा फेरि एक जनासँग सम्बन्धमा छु। म मेरो बानी देखेर आफैँ हैरान भैसकेँ। मलाई के भैराखेको छ ? मलाई नै थाहा छैन। मलाई सबैले माया गर्दिए हुन्थ्यो जस्तो लाग्छ अनि सबैसँग राम्ररी बोल्दा के–के गर्न पुग्छु याद पनि हुन्न। पहिलाको कुरा सम्झेर अहिले म कोहीसँग बोल्दिनँ, बोल्न पनि मन लाग्दैन। आफूले आफैँलाई कन्ट्रोल गरेकी छु तर पनि मलाई डर लाग्छ, फेरि म अरुसँग सम्बन्ध त गाँस्दिनँ ?

यहाँ यति धेरै घटना घटिसके कि यो कुरा मेरो पहिलो ब्वाइफ्रेन्डलाई केही पनि थाहा छैन। मलाई भन्ने हिम्मत पनि छैन किनकि म आफूले आफूलाई नै कसरी नराम्रो देखाऊँ ? 

ममा यति धेरै नेगेटिभिटी जमिसक्यो कि अमेरिकाको ब्वाइफ्रेन्डसँगको सम्बन्ध पनि बढाउन सकिरहेकी छैन। म उसलाई धेरै

माया गर्छु तर ऊसँग सम्बन्धलाई निरन्तरता दिन पनि सकिरहेकी छैन। 
सानैदेखि धेरै माया गरेकी थिएँ तर अहिले आएर मलाई ऊ इरिटेटिङ लाग्न थालेको छ। मैले आफैँले कसरी यस्तो गर्न सक्या होला जबकि म कसैलाई यति धेरै माया गर्छु भन्ने नलाग्ने होइन। उसका लागि म आफ्नो ज्यान दिन पनि तयार छु। तर यता आएर सम्बन्ध गडबडाइरहेको महसुस भइरहेको छ। यस्तो बेला म के गरौँ ?
२२, महिला 
काठमाडौँ

Leave A Comment