मीन भामलाई करोडको पुरस्कार

बिहिबार, १५ साउन २०७७, ०१ : ३० शुक्रवार
मीन भामलाई करोडको पुरस्कार

तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’का निर्देशक मीनबहादुर भामको नयाँ फिल्म ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) को पटकथाले ७५ हजार युरो अर्थात् करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ। करिब चार वर्षदेखि उनले यस फिल्ममा काम गरिरहेका थिए। निकै पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिएपछि भामले पुरस्कार पाएका हुन्।

आउँदो वैशाखबाट छायाँकनमा जान लागेको यस फिल्मले दुई जना पात्रको हिमाली यात्राको कथा भन्ने बताइनेछ। 

निर्माण नहुँदै चर्चामा आएको ‘चिसो वर्ष’ले पुरस्कार जितेपछि आफूमा झनै ऊर्जा आएको निर्देशक भामले बताएका छन्।

उनले टर्कीको इस्तानबुलमा आयोजित टिआरटी १२ पुन्टो स्क्रिप्ट ल्याबबाट उक्त पुरस्कार जितेका हुन्। 
अन्तर्राष्ट्रिय सहनिर्माणका लागि प्रदान गरिने अनुदानका रुपमा उनले यो रकम पाएका हुन्।

 

Leave A Comment