किन खाने अण्डा ?

आइतबार, ०५ भदौ २०७३, १२ : ४५ शुक्रवार , Kathmandu
किन खाने अण्डा ?

–    अण्डामा भिटामिन ए, डी, बी–१२, रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तŒव पाइन्छन् । यी तŒवले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छन् ।
–    शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।  
–    अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पु¥याउँछ ।
–    अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउने गर्छन् ।
–    बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले तपाईंलाई जाँगरिलो बनाउँछ ।
–    काँचो अण्डामा भिटामिन बी–१३ प्रशस्त पाइने भएकाले दिमाग तेजिलो बनाउन चाहनेले अण्डा नपकाई खाने गर्नुपर्छ ।
–    अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तŒवले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पु¥याउँछ । खानुका साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।
 

Leave A Comment