‘कामप्रतिको समर्पणले सफल बनाउँछ’

सोमबार, ०६ भदौ २०७३, १० : १७ दिलीप पौडेल , Kathmandu
‘कामप्रतिको समर्पणले सफल बनाउँछ’

इभोलुसन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विशाल आचार्य होटल व्यवस्थापन तथा पर्यटनमा स्नातक हुन् । विराटनगरका ३२ वर्षीय आचार्यले नोकिया ब्रान्डको मोबाइलबाट करिअरअघि बढाउँदै सामसुङलगायत ब्रान्डेड मोबाइल कम्पनीमा जागिरेको रूपमा काम गरे । आचार्यले अहिले चिनियाँ कम्पनीको जेडटीई मोबाइल नेपालमा भिœयाएका छन् । आचार्यसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

व्यवसायमा कसरी आइयो ?
जागिरले व्यवसाय सिकायो ।
यो क्षेत्रमा नआएको भए ?
पर्यटन क्षेत्रमा काम गर्थें ।
स्कुल पढ्दा कुन तहको विद्यार्थी हुनुहुन्थ्यो ?
औसत थिएँ ।
कुनै लक्ष्य थियो ?
डाक्टर, इन्जिनियर बन्ने चाहना थिएन । एभरेजको विद्यार्थी भएकाले यही गर्छु भन्ने थिएन । तर, पढाइमा स्नातक गर्नुपर्छ भन्ने चाहिँ थियो ।
मनोरञ्जनप्रति कत्तिको रुचि छ ?
फिल्म हलमा गएर तीन घण्टा बिताउन कठिन लाग्छ ।
कुनै सफल व्यक्तिलाई सम्झिनुपर्दा ?
एप्पल मोबाइलका निर्माता स्टिभ जब्स ।
जीवनलाई कसरी लिनुहुन्छ ?
जीवनमा आरोहअवरोह आउँछन् । आफूलाई सम्हाल्न सक्नुपर्छ ।
फुर्सदको समय के गर्नुहुन्छ ?
परिवारलाई समय दिन्छु ।
दिनमा कति घण्टा काम गर्नुहुन्छ ?
बिहान १० देखि बेलुका ८ बजेसम्म ।
सफल हुन के गर्नुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा ठूलो कुरा त मेहनत नै हो । त्यसपछि कामप्रति समर्पण भाव हुनुप¥यो । अनुशासन र इमानदारी पनि आवश्यक छ ।
दर्जनौँ मोबाइलको भीडमा नयाँ ब्रान्डको मोबाइल किन भिœयाउनुभयो ?
नेपालमा मोबाइल बजार निकै बढिरहेको छ । १० वर्षसम्म मोबाइल उद्योगमै काम गरेँ । सो अवधिमा नाम चलेका ब्रान्डेड नोकिया, सामसुङलगायत कम्पनीको अनुभवले यो क्षेत्रमा केही गर्न सकिन्छ भनेर नयाँ कम्पनीलाई भिœयाएको हुँ ।  
यहाँको ब्रान्डको मूल्य कस्तो छ ?
सबैभन्दा मुख्य फिचर हो । अरू, कम्पनीको तुलनामा आक्रामक बजार प्रवद्र्धनमा लागेका छौँ । अहिले हामीले बिक्री गरिरहेको मोबाइलको मूल्य निकै सस्तो छ । १० हजार ९ सय ९० रुपैयाँदेखि १५ हजार ९ सय ९० रुपैयाँसम्म रहेका छन् । प्याक्ट फिचर भएको फोनका लागि यो मूल्यले उपभोक्ता स्वभाविक रूपमा आकर्षित हुन्छन् ।
प्रभाव कस्तो पाउनुभएको छ ?
जेडटीई ब्रान्ड नेपाली समाजमा घुलमिल भइसकेको ब्रान्ड हो । यसअघि एनसेल र एनटीसीले नै यहाँको बजारमा बिक्री गरेकोले उपभोक्तालाई धेरै चिनाउनुपर्ने छैन । अधिकांशले प्रयोग गरेका छन् ।
प्रतिस्पर्धा कस्तो छ ?
बजारको वृद्धिसँगै प्रतिस्पर्धा बढ्नु स्वभाविक हो ।
जागिरे जीवनबाट कसरी व्यवसायमा आउनुभयो ?
आफ्नो जागिरे जीवनको अनुभवलाई आफ्नै व्यवसायमा लागू गर्न यता आइयो ।
तपाईंको सुझाव ?
न्यूनतम शैक्षिक योग्यता हासिल गर्नुपर्छ । जागिरे जीवनको एक्पोजर लिएर आफ्नो व्यवसाय ग¥यो भने जोखिम कम हुन्छ । सीधै व्यवसायमा लाग्दा जटिलता आइपर्छन् ।
व्यावसायिक वातावरण कस्तो छ ?
सबै राम्रो हुन्छ भन्ने छैन । अवसरलाई सदुपयोग गर्नुपर्छ । हाम्रो पुस्तामा व्यवसाय भन्ने छैन जोखिम छ । दीर्घकालीन सोच बनाएर गहिरो अध्ययन गरेर लाग्नुपर्छ ।

Leave A Comment