आफू त यसरी हाँसिन्छ

सोमबार, ०६ भदौ २०७३, १० : २८ अम्मर जिसी , Kathmandu
आफू त यसरी हाँसिन्छ

मनोज आचार्य ‘इन्सपेक्टर’
पहिलो कुरो त मलाई ‘खुरापाती हाकिम’ भन्दा नै हाँस्छु । पहिला खुलेरै हाँस्थेँ, अचेल मनमनै हाँस्छु । किनभने, म ‘हाकिम’का रूपमा मात्र प्रस्तुत हुन खोजेको हुँ । ‘खुरापाती’ मैले अरूलाई भन्ने गरेको हो । तर, मलाई नै खुरापाती भनेर चिनिदिएपछि नहाँस्नु ? अनि, मलाई साँच्चैको हाकिम वा पुलिस अफिसरका रूपमा चिन्नेहरूलाई देखेर पनि हाँसो उठ्छ ।
म आफू हाँस्नका लागि त्यत्रो विधि दुःख गर्दिनँ । आफैँले लेखेका कविता, प्यारोडी, चुट्किला पढ्छु । अनि, नेपाली हास्य टेलिशृंखलाहरू हेर्छु । दुई कारणले– एउटा, मेरो क्यारेक्टर कसैले चोरे कि भनेर । अर्को, यसो रमाइलो पनि भइहाल्छ । किरण केसीले गाउनुभएको ‘काठमाडौँको पसले, पोखराको गाइने, आजकलका केटीलाई राता मकै चाहिने’ बोलको गीत सुन्दा धेरै हाँसियो । हाम्रो टिममा शिवहरि पौडेल पर्दा बाहिर पनि धेरै हँसाउनुहुन्छ । हँसाउने कुरा उहाँको ओठैमा झुन्डिएको हुन्छ । उहाँसँग संगत गरेपछि हाँस्नलाई केही गर्नै परेन । हास्यकलाकारको एउटै दुःख हुँदो रहेछ, पब्लिकमा सिरियस हुनै नपाइने । अस्ति, मेरो बुबा बित्दा पनि ‘खुरापाती हाकिम’ भन्दै घाटमै पनि केही मान्छेहरू हँसाइरहेका थिए ।

कुञ्जना घिमिरे ‘सुन्तली’
मसँग साह्रै हाँसो उठ्ने एउटा मन्त्र छ, आफ्नै पुराना एपिसोड हे¥यो र हाँस्यो । भारतीय हास्य सोहरू पनि हेरिरहन्छु । कपिल, भारती, कृष्णा, राजु श्रीवास्तवको कमेडी धेरै हेर्छु । उनीहरूका मेकिङ स्टाइलमा बढी ध्यान दिन्छु । सँगै रमाइलो पनि बिछट्टै हुन्छ ।
ससपेन्स खालका मुभी पनि हेर्छु । नेपाली टेलिशृंखलाहरू पनि हेर्छु । मह जोडीका पुराना वा नयाँ जुनसुकै कार्यक्रम हेर्दा एकदम रमाउँछु । डान्स पनि मन पर्ने भएकाले त्यस्ता कार्यक्रम पनि हेर्छु ।

मधुसुदन पाठक ‘सीते बा’
आफ्नै अभिनय हेरेर हाँसो उठ्छ । रमाइलो पनि लाग्छ । ‘लालजोडी’मा ‘साहू जी’को रोल र भद्रगोलमा ‘सिते बा’को रोल आफैँलाई हाँस उठ्दो लाग्छ । दर्शकले पनि धेरै हाँसेको सुनाउनुहुन्छ ।
नेपाली फिल्म धेरै हेर्छु । कमेडी कार्यक्रम त नहेर्ने कुरै भएन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केदार घिमिरे र सीताराम कट्टेलको डाईहार्ट फ्यान हुँ । बलिउडका कमेडी सोहरू सकभर नछुटाई हेर्छु । ‘भद्रगोल’को सुटिङ स्पटमा पनि मर्ने गरी हाँसियो । ‘पाँडे’को कमेडी हाँस उठ्दो छँदै छ । ऊ क्यामेरा बाहिर पनि हँसाइराख्ने मान्छे हो । अरू साथीहरू पनि धेरै हँसाउँथे । देशको गाईजात्रा हेरेर पनि धेरै हाँसो उठ्छ । नेताहरूले सकेजति गाईजात्रा देखाएर हामी जनतालाई मनोरञ्जन दिइरहेकै छन् । नेपालीले हाँस्न दुःख गर्नै परेन ।

कुमार कट्टेल ‘जिग्री’  
अरूलाई हँसाउन आफू पनि हाँस्नैपर्छ । हाँस्न र हँसाउन मेन्टली फ्रेस पनि हुनैपर्छ । म त परिवारसँग हुँदा धेरै रमाउँछु । फिल्म हेर्ने, साथीभाइ भेट्ने कुराले पनि मलाई खुशी दिन्छ । धेरै हाँस्नुप¥यो भने कमेडी नै हेर्छु । हलिउड, बलिउड, कलिउड सबैतिर रोम्यान्टिक फिल्म हेर्न रुचाउँछु ।
मिस्टर बीनको ‘साइलेन्ट कमेडी’ एकदमै हेर्छु । मिस्टर बीनको ‘होलिडे’ तीन पटक हेरिसकेँ । जति पटक हेर्दा पनि पेट मिच्नैपर्छ । बलिउडका सबै कमेडियन मन पर्छन् । हिन्दी फिल्म ‘धमाल’ हेर्दा पनि धेरै हाँसियो । मह जोडीको कमेडी मन पर्छ । आफ्नै दाइभाउजु (सीताराम–कुञ्जना) को कमेडीले धेरै हँसाउँछ । सुटिङका बेला साथीभाइसँग मजाक गर्दा र डिस्टर्ब गर्दा पनि मजैले हाँसिन्छ । समय हुँदा हास्यव्यंग्य पनि पढ्ने गर्छु ।

सुटिङका बेला दाइहरूबाट सुन्न पाइने ‘भेज–ननभेज’ गफजस्तो रमाइलो अरू के होला ? म फिल्म हेर्दा पनि रमाउँछु । लभस्टोरी, एक्सन, कमेडी सबै खालका फिल्म हेर्छु । ‘गजनी’ धेरै पटक हेरेँ । चलेका फिल्म हेरिहाल्छु । पत्रपत्रिकामा आउने चुट्किला र रमाइला विषय छुटाउँदिनँ । अहिले ‘६क्का ५ञ्जा’को सुटिङमा पनि एकदम रमाइलो भइरहेको छ । दाइहरूसँग गफगाफ र छेडछाडमा धेरै हाँसिन्छ । आफ्नै एक्टिङ हेर्दा अड लाग्छ । म आमाबुबासँग पनि रमाइलो गफ गर्छु । हँसाउँँछु पनि । उहाँहरूका रमाइला गफ सुन्दा सब दुःख भुल्छु ।
 

 

Leave A Comment