कपाल बलियो बनाउन

सोमबार, ०६ भदौ २०७३, १० : ४५ शुक्रवार , Kathmandu
कपाल बलियो बनाउन

धनियाँ
कपाल बढी झर्ने समस्या भएकाहरूले प्रतिदिन एक ग्लास धनियाँको जुस पिउने गर्नाले समस्या कम हँदै जान्छ । धनियाँको जुस लगाएर पनि कपाललाई बलियो र चम्किलो बनाउन सकिन्छ ।

लसुन
कपालमा लसुनको झोल दल्नाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउन पनि सुरु हुन्छ । लसुनको झोल टाउकोमा लगाउँदा टाउकाको रक्तसञ्चार तीव्र हुन्छ र कपालको जरा बलियो बन्छ ।
प्याज
प्याजमा एन्टिसेप्टिक गुण हुन्छ । प्याजको रस कपालमा लगाएर केही मिनेटपछि धुने गर्नाले कपाल बलियो र चम्किलो बन्छ । खोइरो (एलोपेसिया) लागेका मानिसका लागि प्याजको रस दल्नु लाभदायक हुन्छ ।

गाजर
गाजरमा बेटा–क्यारोटिन प्रचुुर मात्रामा पाइन्छ, जसले गर्दा गाजर खाने मानिसको कपाल बाक्लो र चम्किलो हुन्छ । गाजरमा भिटामिन–सी पनि पाइन्छ, जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । कपाल राम्रो बनाउन चाहनेले हरेक दिन एक ग्लास गाजरको जुस खाने गर्नु राम्रो हुन्छ ।

 

Leave A Comment