सुन्दर पिठ्यूँका लागि

बुधबार, ०८ भदौ २०७३, १० : ४० शुक्रवार , Kathmandu
सुन्दर पिठ्यूँका लागि

आजभोलि खुला गला भएको र पछाडि ढाड पनि खुला बनाइएका लुगा लगाउने फेसन छ । चलनचल्तीमा रहेका विभिन्न आकर्षक डिजाइनमा बनाइएका पहिरनमा अगाडिभन्दा पछाडिको भाग बढी खुला गरी बनाइएका हुन्छन् । ब्लाउज, गाउन, लेहेंगा, वान पिस ड्रेस, कुर्ता आदिको पछाडिको भाग प्रायः खुला हुन्छ ।
ढाड वा पछाडिको भागलाई हामी त्यति ध्यान दिने गर्दैनौँ । सरसफाइ गर्दा अल्छी लाग्ने, नदेख्ने र नमिल्ने भाग भएकाले लापरबाहीका कारण ढाड असुन्दर र अस्वस्थ बन्छ । ढाड घामले डढेर कालो, मैलो, दागयुक्त हुन्छ । धुलोमैलो टाँसिएर घाउखटिरा निस्कन्छन् । डन्डीफोरको समस्या पनि देखापर्छ । तसर्थ ढाडको सुन्दरता बढाउन केही उपाय अपनाउन सकिन्छ ।
–ढाडको सरसफाइका लागि नुहाउँदा लुगा, स्क्रब आदिको प्रयोग गरी मैलो, मृत छालालाई हटाउने ।
–बडी लोसन प्रयोग गर्ने ।
–खुला लुगा लगाउँदा सनस्क्रिन लोसन लगाउने । साथै, घाममा हिँड्दा आउटर लगाउनु उचित हुन्छ ।
–अनावश्यक रौँलाई वाक्सिङ गरेर हटाउने ।
–ब्लिचिङ विधिबाट पनि ढाड चम्काउन सकिन्छ ।
–चिल्लो छ र डन्डीफोर पनि आउँछ भने अइली स्किन ट्रिटमेन्ट गराउनुपर्छ ।
–मेकअप गर्दा पिठ्यूँलाई पनि ध्यान दिनुपर्छ ।
–स्टोन वा बिड्स टाँसेर पनि ढाडलाई आकर्षक बनाउन सकिन्छ ।

 

Leave A Comment