हर्बलका तीन नयाँ उत्पादन

बिहिबार, ०९ भदौ २०७३, ०२ : १५ शुक्रवार , Kathmandu
हर्बलका तीन नयाँ उत्पादन

रौँ झर्ने, तालु खुइलिने, अनुहारमा चायाँपोतो, कालोधब्बाबाट पीडितहरूलाई उपचार गर्न नयाँ उत्पादन बजारमा आएको छ । वाइल्ड हर्बल कम्पनीले समस्याको निरूपण गर्ने ग्यारेन्टीसहित शतप्रतिशत जडीबुटी प्रयोग गरेर केसा, पेन गार्ड तेल र ग्लोअप ल्याएको हो ।
रौँ झर्ने, तालु खुइलिने समस्या भएकालाई लक्षित गरेर केसा हेयर ट्रान्स प्लान्टको स्याम्पू र तेल बजारमा ल्याएको हो । पूर्ण जडीबुटी समिश्रण भएका दुई उत्पादनले उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ । झरेको कपाल उमार्ने, झर्न रोक्ने, अनुहारमा आएको चायाँ हटाउने ग्यारेन्टीसहित स्याम्पू र तेल प्रयोगकर्ताको पायक पर्ने स्थानबाट लिन सक्ने व्यवस्था मिलाएको कम्पनीका सञ्चालक रत्न घिमिरेले बताए ।
स्याम्पूमा अदुवा, मेथी, तिलको समिश्रण छ भने तेलमा जटामसी, नागबेली, धाइरोको फूललगायत ४८ प्रकारका जडीबुटी मिसाएर तयार गरेको उनले बताए । ‘जडीबुटी प्रयोग गरेकाले कुनै साइड इफेक्ट छैन,’ उनले भने, ‘धेरै अनुसन्धानबाट उत्पादन भएकाले ढुक्क भएर प्रयोग गरेहुन्छ ।’ एक सय एमएलको तेल र दुई सय एमएलको स्याम्पू रहेको छ ।
यस कम्पनीले धेरै लामो अनुसन्धानको परीक्षण पास गरेपछि बजारमा ल्याएको दाबी गरेको छ । त्यसै गरी पेनगार्ड तेलले दुखाई कम गर्नुका साथै मर्केको, सड्केको, बाथ, ढाड कम्मर दुखेको, मांसपेशीमा देखिएको दुखाइलाई निको पार्ने जनाएको छ । पेनगार्ड तेलमध्ये एउटाले मसाज गर्ने र अर्को लगाउँदा सन्चो हुनेछ । तेलमा मसला, कपुर, लसुन, दालचिनी, ल्वाङ लगायत १९ प्रकार जडिबुटी प्रयोग गरेर तयार गरिएको हो ।
अनुहारमा देखिएको चायाँपोतो, दाग, धब्बा हटाउनको लागि स्मार्ट ग्लोअपअन्तर्गत स्पोट गार्ड क्रिम र पिम्पल फेसवास ल्याएको छ । स्पोट गार्ड श्रीखण्ड, बेसार, घ्यूकुमारीलगायत २४ प्रकारका जडीबुटी मिलाएर बनाइएको हो भने पिम्पल गाड घ्यूकुमारी, श्रीखण्ड, तुलसी, निमपत्तालगायत दुई दर्जन जडीबुटीको समिश्रण रहेको कम्पनीका सञ्चालक एलपी कटेलले बताए । स्वदेशमा उत्पादन गरेको गुणस्तरीयतामा कसैसँग सम्झौता नगर्ने सञ्चालक हरि अधिकारीले बताए । ‘हाम्रा उत्पादन नेपालकै वनजंगलका जडीबुटी प्रयोग गरेर बनाएका हौँ,’ उनले भने, ‘एक पटक प्रयोग गरेपछि उपभोक्ताले अनुभूति गर्छन् ।’ मुलुकभर आधिकारिक बिक्रेता, मेडिकल, कस्मेटिक डिपार्टमेन्टसहित घरमै पु¥याउने व्यवस्था मिलाएको कम्पनीका सञ्चालक एलपी कलेलले बताए ।

 

Leave A Comment