बिहेपछि ‘लभ लभ लभ’

शुक्रबार, १० भदौ २०७३, १२ : ३६ शुक्रवार , Kathmandu
बिहेपछि ‘लभ लभ लभ’

फिल्म ‘होस्टेल रिटन्र्स’मा सहायक अभिनेत्रीको भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्का पहिलोपल्ट प्रमुख भूमिकामा देखिने भएकी छिन् । उनले निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि फिल्म खेलेकी थिइनन् । धेरैले निश्चलकै फिल्मबाट उनी लिड रोलमा देखिने अड्कलसमेट काटेका थिए । तर, निर्देशक दीपेन्द्र के. खनालले उनलाई लिएर ‘लभ लभ लभ’ निर्देशन गर्ने भएका छन् । फिल्मको हालै राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको थियो । फिल्ममा स्वस्तिमाको जोडी सुरज पाण्डे हुनेछन् । सुरजकी आमा शर्मिलाले नै फिल्ममा लगानी गरेकी हुन् । फिल्म पूर्णतः रोमान्टिक लभ स्टोरी जान्रामा बन्ने बताइएको छ । ‘पशुपतिप्रसाद’ निर्देशकसँग काम गर्न पाउँदा स्वस्तिमा दंग रहेको बुझिएको छ । फिल्मलाई आउँदो नयाँ वर्षमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक खनालले बताए ।

 

Leave A Comment