स्तनपान गराएर जोगिनुस् डायबेटिजबाट

शनिबार, ११ भदौ २०७३, ११ : ५७ शुक्रवार , Kathmandu
स्तनपान गराएर जोगिनुस् डायबेटिजबाट
  •  सुत्केरी हुँदा कतिपय महिलामा डायबेटिज देखिन्छ ।
  •  सुत्केरी अवस्थामा शरीरमा आएको रासायनिक परिवर्तनका कारण इन्सुलिन उत्पादन कम हुन गई डायबेटिज हुनसक्छ ।
  •  बच्चा जन्माइसकेपछि यस्तो डायबेजिटज अधिकांश सन्दर्भमा हटेर जान्छ ।
  •  कसैकसैमा दुई–तीन महिनासम्म डायबेटिज देखिन सक्छ ।
  •  सुत्केरी हुने बेलामा लागेको डायबेटिज केही महिलामा कहिल्यै हट्दैन ।
  •  सुत्केरी हुने बेलामा लागेको नौ प्रतिशत महिलालाई डायबेटिज लाग्ने गर्छ । डायबेटिज लागेर हराएको खण्डमा समेत त्यस्ता महिलालाई भविष्यमा टाइप–टू डायबेटिज लाग्ने जोखिम सामान्य मानिसको तुलनामा तीनदेखि सात गुणाले बढी हुन्छ ।
  •  सुत्केरी भएपछि डायबेटिज नलागोस् भन्नाका लागि अथवा डायबेटिज चाँडो जाओस् भन्नाका लागि कम्तिमा पनि छ महिनासम्म स्तनपान गराउनुपर्छ ।
  •   गर्भावस्थामा शरीरमा लागेको बोसो हत्तपत्त घट्दैन । स्तनपान गराउनाले त्यस्तो बोसो घट्न जान्छ । जसले गर्दा सुत्केरी महिलालाई भविष्यमा डायबेटिज लाग्ने जोखिम कम हुन्छ ।
  •  स्तनपान गराउँदा महिलामा तनाव कम गराउने हर्मोन उत्सर्जन हुन्छ र यसले पनि महिलालाई डायबेटिजको जोखिमबाट जोगाउन मद्दत गर्छ ।
  •  

Leave A Comment