सदाबहार जिन्स

आइतबार, ०९ जेठ २०७३, ०७ : ४६
सदाबहार जिन्स



सर्टसँग होस् वा टिसर्टसँग अहिलेका युवा जिन्स प्यान्ट नै लगाउन रुचाउँछन् । युवाले मात्र होइन सबै उमेर वर्गकाले रुचाउँछन् जिन्स । सदाबहार फेसन हो जिन्स ।
मोडल तथा अभिनेता दिक्पाल कार्की जिन्स भनेपछि भुतुक्कै हुन्छन् । उनीसँग जिन्सको राम्रै कलेक्सन छ । गायक तथा नायक बाबु बोगटीको पनि सदाबहार मन पर्ने पहिरन जिन्स नै हो । सेतो सर्टमा नीलो जिन्स र कालो चस्मा लगाएर ठाटिनु आफूलाई खूब मन पर्ने उनी बताउँछन् । ‘गर्मीमा मलाई सेतो पातलो सर्ट र जिम्स लगाउनु मन पर्छ । जाडोमा भने ब्लेजर र ज्याकेटसँग जिन्स लगाउन मन पर्छ,’ उनी भन्छन् ।

जिन्स कहिले पनि आउटडेटेड हुँदैन । त्यसैले यसलाई सदाबहार भनिएको हो । जिन्समा आकर्षक देखिनुका साथै यो लगाउन सहज हुने भएकाले यसका प्रयोगकर्ता बढी छन् । टेक्सवुड, लिभाइज, डेनिमलगायत विभिन्न थरीका जिन्स बजारमा पाइन्छन् । युवामाझ डेनिम जिन्स बढी लोकप्रिय छ । नीलो, गहिरो नीलो, खैरो, रातोलगायत रङमा डेनिम जिन्स पाइन्छ । डेनिममा स्ट्रेचेबल डिजाइन पनि पाइने भएकाले यो बढी रुचाइएको हो ।

 

Leave A Comment