उता ‘हिट’, यता ‘फ्लप’

सोमबार, १३ भदौ २०७३, ०९ : ११ शुक्रवार , Kathmandu
उता ‘हिट’, यता ‘फ्लप’

कुनै शंका छैन– अभिनेता विराज भट्ट भोजपुरी फिल्म क्षेत्रका सुपरस्टार हुन् । उनी हिट छन्, उनको एक्सन त्यहाँ हिट छ । यिनै अभिनेता अभिनीत फिल्म ‘जय पर्शुराम’ नेपालमा दुई साताअघि रिलिज भयो । यो फिल्मबाट उनी पाँच वर्षपछि नेपाली फिल्ममा कमब्याक भएका थिए । धेरैले उनको पुनरागमन सुखद हुने अनुमान लगाए । तर, सोचेजस्तो भएन । बुझिएअनुसार नेपाली फिल्ममा जम्दाजम्दै भोजपुरीतिर लागेको यी अभिनेताको फिल्मले हलमा राम्रो व्यापार गरेन । शुक्रवारसँगको अन्तरवार्तामा उनले आफू भोजपुरी फिल्ममा लाग्नु नेपाली दर्शकका लागि खुशीको कुरा रहेको बताएका थिए । तर, फिल्म नहेरिदिएर दर्शकले उनको अनुमानमाथि गतिलो झापड हाने । त्यसो त समीक्षकहरूले पनि उनको फिल्मलाई राम्रो भनेका छैनन् ।

Leave A Comment