फोक्सो यसरी बलियो बनाउनुस्

सोमबार, १३ भदौ २०७३, १० : ३२ शुक्रवार , Kathmandu
फोक्सो यसरी बलियो बनाउनुस्

प्रदूषण, कारखाना र भान्छाको नियमित काम, चुरोट सेवनलगायत कारणले फोक्सोमा धुवाँले दाग लगाउने र त्यही कालान्तरमा क्यान्सरको कारण बन्ने जोखिम रहन्छ । यदि धुवाँधुलोका कारण आफ्नो फोक्सो कमजोर भइरहेकोजस्तो लागेको छ भने यसरी फोक्सोलाई स्वस्थ र बलियो राख्न सकिन्छः
मकै
मकैमा बेटा–क्रिप्टोजान्थिन नाम गरेको एन्टिअक्सिडेन्ट पाइन्छ । जसले फोक्सोमा क्यान्सर लाग्ने सम्भावनालाई कम गर्छ ।
प्याज
प्याजले फोक्सोको इन्फेक्सनबाट जोगाउँछ र हत्तपत्त क्यान्सर लाग्न दिँदैन । फोक्सोमा क्यान्सर भइसकेको छ भने प्याज खानाले क्यान्सरग्रस्त कोषिकाको विकास र विस्तारको गतिलाई कम हुन्छ ।
अदुवा
अदुवा खाने गर्नाले धुवाँधुलो र धूम्रपानका कारण फोक्सोमा जम्मा भएका विकार कम हुन्छ । फोक्सो बलियो पार्न चाहनेले चियामा अदुवा हालेर पिउने र बिहानबेलुकाका खानासँग अदुवाको टुक्रा टोक्ने गर्नुपर्छ ।
सुन्तला
सुन्तलामा क्रिप्टोजान्थिन पाइन्छ । यसले फोक्सोमा क्यान्सर लाग्ने जोखिम कम गर्छ ।
सिस्नो
सिस्नोमा आइरन प्रशस्त मात्रामा पाइन्छ । सिस्नो खानाले फोक्सोमा लागेको इन्फेक्सनको प्रभाव कम हुन्छ । साथै, फोक्सोमा घातक रोग लाग्ने जोखिम पनि कम हुन्छ ।
प्रणायाम
हरेक बिहान खालीपेटमा अनुलोमविलोम, भ्रस्त्रिका, कपालभाँतीजस्ता प्रणायमका विधि अभ्यास गरेमा फोक्सोमा अक्सिजनको इन्टेक बढ्न जान्छ, साथै रक्तसञ्चार पनि तीव्र हुन्छ । यसले गर्दा फोक्सोमा जम्मा भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ र फोक्सो बलियो हुन्छ ।
पिस्ता
पिस्तामा पाइने भिटामिन–ईले फोक्सोलाई बलियो राख्न र क्यान्सरबाट जोगाउन मद्दत गर्छ ।
रातो खुर्सानी
धुवाँधुलोका कारण रुघाखोकी हत्तपत्त निको हुँदैन भने खानासँग रातो खुर्सानी टोक्नाले छातीमा जम्मा भएको कफ कम हुन्छ । साथै, घाँटी तथा छातीको खसखस पनि कम हुन्छ ।
जडीबुटी
आयुर्वेदले सुन्तलाको बोक्रा, पुदिनाजस्ता जडीबुटीलाई फोक्सो सफा गर्ने जडीबुटी भनेको छ । यस्ता जडीबुटी सेवन गरेर समेत फोक्सोलाई बलियो राख्न सकिन्छ ।
कोपी
काउली, बन्दागोभी, ब्रोकाउली र यस्तै प्रजातिका तरकारीमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले फोक्सोमा जम्मा भएका धुवाँ र निकोटिनका कारण सिर्जना भएका विशाक्त पदार्थलाई शरीरबाहिर निकाल्न मद्दत गर्छ ।
लसुन
लसुनमा एलिसिन नामक तŒव पाइन्छ । जसले फोक्सोमा भएको इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमता बढाउने गर्छ । दमको रोग लागेकाहरूले लसुन खानु उपयुक्त हुन्छ ।
भिटामन सी
सुन्तला, कागती, मौसम, गोलभेँडाको जुस, अमला, स्ट्रबेरी, भुइकटहर, आप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारी बढी खानाले फोक्सो स्वस्थ्य रहन्छ । किनकि, भिटामिन–सीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चारलाई तीव्र बनाउने काम गर्छ ।
स्याउ
स्याउमा फ्लाभोनोइड्स र भिटामिन्स पाइन्छ, जसले फोक्सोमा जम्मा भएका विकार हटाइ फोक्सोलाई बलियो बनाउँछ ।
अनार
अनारमा पाइने एन्टिअक्सिडेन्टले फोक्सो सफा पार्ने काम गर्छ । यसले फोक्सोमा ट्युमर पलाउने जोखिम पनि कम गर्छ ।
पानी
धुवाँधुलोमा काम गर्ने र चुरोट खाने मानिसले सामान्य मानिसले भन्दा बढी पानी पिउने गर्नुपर्छ । प्रशस्त पानी पिउनाले शरीर डिहाइड्रेट हुन पाउँदैन । साथै, यसो गर्दा फोक्सोमा जम्मा भएको विशालु पदार्थ बाहिर निस्किन्छन् ।


 

Leave A Comment