भिडियोमा रमाएकी विपना

बुधबार, १५ भदौ २०७३, १० : ४७ शुक्रवार , Kathmandu
भिडियोमा रमाएकी विपना

एकताका चलेकी अभिनेत्री विपना थापासँग उनको नाम थर दुवै मिल्छ । चलेका सेलिब्रिटीसँग नाम मिल्नु मनोरञ्जन जगतमा घातक मानिन्छ । तर, यसका बावजुद मोडलिङ जगतमा चम्किरहेकी छिन् उनी अर्थात् मोडल विपना । दुई दर्जन बढी गीतमा मोडलिङ गरेकी छिन् उनले । रामकृष्ण ढकाल, बाबु बोगटीलगायत गीतमा अभिनय गरेकी छिन् । चलेका म्युजिक भिडियो निर्देशक अर्जुन अधिकारीको नजरमा परेपछि उनको व्यस्तता झन् बढेको हो । भर्खरै उनले अभिनय गरेको सत्य–स्वरूपराज आचार्यको गीत बाहिरिएको छ ।  रामकृष्ण र सुगम पोखरेलको नयाँ गीतमा अभिनय गर्ने सुरमा छिन् उनी । म्युजिक भिडियोमा जमेका कलाकार धमाधम फिल्ममा डेब्यु गरिरहेका छन् । तर, उनलाई भने रुचि छैन । भन्छिन्, ‘फिल्ममा इन्टरेस्ट छैन, म्युजिक भिडियोमै रमाएको छु ।’

Leave A Comment