हेल्दी होममा नयाँ प्रविधि

बिहिबार, १६ भदौ २०७३, १२ : १२ शुक्रवार , Kathmandu
हेल्दी होममा नयाँ प्रविधि

मोटोपनबाट पीडित भएकाहरूको उपचारमा सघाउन हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर प्रालिले नयाँ प्रविधि ल्याएको छ । विगत आठ वर्षदेखि सेवा दिँदै आएको प्रालिले पछिल्लो पटक कोरियन प्रविधिमार्फत कुल सेपिङ, अल्टासोनिक क्याभिटेसन, हिट अयल मसाजद्वारा औषधि, सर्जरी, शारीरिक व्यायाममार्फत तौल घटाउने जनाएको छ ।
सो प्रविधि प्रयोग गरेर उपचार गर्दा एक महिनामै न्यूनतम ८देखि १० किलोसम्म शरीरको मोटोपन घट्ने दाबी छ । मोटोपनलाई सन्तुलनमा राख्न, छातीसहित शरीरको आकार मिलाउन, मोटाइ घटाउन, पेटमा भएको धर्सा, अनुहारको चाउरीपन मेटाउन यो प्रविधिको प्रयोग गरी उपचार गर्न सकिन्छ ।
मोटोपनको उपचार नगरे डाइबेटिज, उच्च रक्तचाप, हाइपरटेन्सन, उच्च कोलस्ट्रोल, मुटुरोग, श्वासप्रश्वासमा समस्या, क्यान्सरलगायत रोग लाग्ने भएकाले यी रोगबाट बच्नको लािग मोटोपना घटाउन आवश्यक रहेको चिकित्सक बताउँछन् । मोटोपन भएका मानिसलाई सामान्यको तुलनामा चार गुणा बढी डाइबेटिज हुने भएकाले त्यस्ता बिरामीलाई लक्षित गरेर हेल्दी होमले कोरियन प्रविधिको अत्याधुनिक सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठन र विज्ञका अनुसार मोटोपन निदानको लागि खानपिन, व्यायामसहित अल्ट्रासोनिक उपचार आवश्यक छ । सो विधि हेल्दी होममा सिकाउने भएकोले बिरामीले त्यहाँबाट सेवा लिन सक्ने छन् । उपत्यकाका बिरामीलाई जमल, मध्यबानेश्वर, महारागञ्ज, ललितपुरको जाउलाखेल, उपत्यका बाहिर बुटवल, नारायणघाट, धरान र पोखराबाट पनि सेवा दिँदै आएको जनाएको छ ।

 

Leave A Comment