गर्भवतीको खुराक

शनिबार, १८ भदौ २०७३, ०९ : ४८ शुक्रवार , Kathmandu
गर्भवतीको खुराक

गर्भवती महिलाले यी फलफूल र खानेकुरा खानु लाभदायक हुन्छ । स्वास्थ्यकर खाना खाँदा गर्भमा रहेको शिशुको स्वास्थ्य पनि राम्रो हुन्छ ।

केरा
केरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले गर्भवती महिलालाई कब्जियतको समस्याबाट टाढा राख्छ । त्यसैले गर्भावस्थामा केरा खानु लाभकारी हुन्छ ।
खजुर
खजुर आयरनले भरिएको फल हो । यसको सेवनले गर्भवती महिलालाई  रक्तअल्पता हुनबाट जोगाउँछ ।
मौसम
मौसम तागतिलो फल हो । यसमा साइट्रिक एसिड प्रशस्त पाइन्छ । जसले वान्ता हुन दिँदैन ।
ग्रिन टी
ग्रिन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले गर्भावस्थामा हुने मर्निङ सिकनेसलाई कम गर्छ ।
दूध
दूधमा मनग्य प्रोटिन पाइन्छ । गर्भवती महिलाले दिनहुँ दूधको सेवन गरे हड्डी बलियो हुने गर्छ । साथै, गर्भको रहेको शिशुको विकासका लागि दूध गुणकारी हो ।
पालुंगो
पालुंगोको साग गर्भवती महिलाका लागि एकदमै लाभदायी छ । यसमा पाइने विभिन्न तŒवले गर्भमा रहेको शिशुका मस्तिष्क विकासमा महŒवपूर्ण भूमिका खेल्छ ।
पनिर
पनिरमा प्रशस्तै क्यालसियम पाइन्छ । गर्भावस्थामा पनिर खाएर आमा र शिशु दुवैको हड्डी बलियो हुने गर्छ ।
सक्खर
सक्खरमा पोटेसियनको मात्रा बढी हुन्छ । जसले गर्भावस्थाको क्रममा देखिन सुन्निने समस्यालाई कम गर्छ ।
राजमा
राजमामा पाइने फोलेटले गर्भमा रहेको शिशुका वजन बढाउन मद्दत गर्छ ।

Leave A Comment