कब्जियत हटाउन के खाने ?

आइतबार, ०९ जेठ २०७३, ०८ : ०३
कब्जियत हटाउन के खाने ?


कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छ ः

रेसायुक्त खाना
गहुँ, मकै, बोक्रासहितको आलु, हाडेबदाम, तरकारी, जौजस्ता रेसायुक्त खाना बढी खानाले कब्जियतको समस्या कम हुन्छ । रेसायुक्त खानाले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

गेडागुडी
गेडागुडीमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा हुन्छन् । दिनहुँ यस्ता खानेकुरा खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ ।

मह
बिहान मनतातो पानीमा मह र कागतीको रस मिसाएर खाने गर्नाले कब्जियतको समस्या कम हुन्छ ।

कागती
कागतीमा सिट्रस एसिडको मात्रा उच्च हुन्छ, जसले आन्द्रामा जम्मा भएका फोहोरलाई निकास गराउन मद्दत गर्छ । खाना, पेय आदिमा कागती दिनहुँ खाने गर्नु कब्जियतको समस्या भएकाका लागि लाभदायक हुन्छ ।

योग
पेट, आन्द्रा, कलेजोलगायत शरीरका भाग तन्किने खालका योगासन गर्नाले पनि कब्जियतको समस्या कम हुन्छ । विशेषज्ञबाट उपयुक्त योगासनबारे परामर्श लिई दिनहुँ योग गर्नाले दिसा खलास नहुने समस्याबाट क्रमशः मुक्ति पाउँदै गइन्छ ।

पानी
कब्जियतको समस्या कम गर्ने अचुक उपायमध्ये पानी एक हो । कब्जियत भएकाहरूले सामान्य मानिसले भन्दा बढी पानी खानुपर्छ । यसले आन्द्रा, पेट आदिलाई सफा राख्छ । पानीको सट्टा सोडा, कोल्ड ड्रिंक्स आदि खाने बानी बसाल्नु भने हुँदैन ।फलफूल र तरकारी
ताजा फलफूल र तरकारीमा भिटामिन, खनिज र फाइबर प्रशस्त मात्रामा पाइन्छन् । साथै फलफूल र तरकारी बढी खाने गर्नाले पानीको ‘इन्टेक’ पनि बढ्न पुग्छ । कब्जियत भएकाहरूले  फलफूल र तरकारी बढी मात्रामा खानुपर्छ ।

Leave A Comment