अभिनेत्रीका व्रत

शनिबार, १८ भदौ २०७३, ११ : ०६ शुक्रवार , Kathmandu
अभिनेत्रीका व्रत

नीता ढुंगाना
पन्ध्र वर्षको उमेरदेखि व्रत बस्न थालेकी हुँ । व्रत बस्दा राम्रो हुन्छ भनेर  व्रत राख्न थालेकी हुँ । अचेल राम्रो वर पाउनेभन्दा पनि रहरले व्रत बस्ने गर्छु । व्रत बस्ने गरे पनि भगवानसँग वर चाहिँ माग्दिनँ । साथीसंगिनीको देखासिकीमा व्रत राख्ने हो । तर, यसपालिको तीजमा चाहिँ व्रत बसिदैन होला । किनकि, ‘लेकसाइड’ फिल्मको सुटिङका लागि तीजका बेला पोखरामा हुनेछु ।
आयुष्मा कार्की
आत्मसन्तुष्टिका लागि तीजको व्रत बस्छु । वरकै लागि भनेर चाहिँ व्रत बस्ने गरिएको छैन । आफै सक्षम भए उपयुक्त वर यसै पाइन्छन् भन्ने मेरा मान्यता हो । हरेक मंगलवार म व्रत बस्छु । अरू चाडपर्वमा पनि व्रत बस्ने गरेकी छु ।
रजनी केसी
म धार्मिक पाराको छु । कक्षा ६ पढ्दादेखि नै व्रत बस्न थालेकी हुँ । भगवान शिवको अराधना र व्रतमा विशेष लगाव छ । दिनभर पानीसमेत नखाई व्रत बस्ने गर्छु । तीजका दिन नाचगान र रमाइलो गर्ने भएकाले भोक लागेको अनुभव नै हुँदैन । व्रत बसे पनि भगवानसँग केही मागेको छैन । नमागीकन भगवानले इच्छाएका कुरा पूरा गरिदिनुभएको छ ।
महिमा सिलवाल
अलि जान्नेबुझ्ने भएदेखि व्रत बस्दै आएकी छु । व्रत आफ्नै लागि बस्छु । अरूका लागि बस्ने चलन छैन । आफू सक्षम भएसी पक्कै पनि राम्रै वर पाइएला नि ! परिवार र साथीसंगीसँग तीज मनाउँदा छुट्टै रमाइलो हुन्छ । घरमा नै दर खाएर तीज मनाउने गर्छु ।

 

Leave A Comment