यसरी बनाऔँ दर

शनिबार, १८ भदौ २०७३, ०३ : ०३ शुक्रवार , Kathmandu
यसरी बनाऔँ दर

पाल्पाली अचार
चाहिने सामग्रीः
१.अमिलो दही    १ लिटर
२.हरियो लसुन   ३–४ डाठ
३.आलु उसिनेको  ६–७ पिस
४. कागतीको रस  २–३ ठूलो चम्चा
५.सुकेको लसुन   ५–६ पोटी
६.नुन     स्वाद अनुसार
७.खुर्सानी धुलो १ सानो चम्चा
८. गरम मसला २ चिम्टी
९.सुकेको खुर्सानी ५–६ वटा
१०. तेल      ३–४ ठूलो चम्चा
११. मेथी     १ चिम्टी
१२. बेसार    आधा सानो चम्चा
बनाउने तरिका

  •     हरियो लसुन र अदुवालाई सानो टुक्रा पारेर काट्ने ।
  •     सफा भाडामा दही राख्ने र हातले फिटने ।
  •   फिटेको दहीमा काटेको लसुन, चप लसुन, कागतीको रस, नुन खुर्सानी, धुलो गरम मसला राखी केही बेर हातले फिट्ने ।
  •    फिट्दा दहीमा राखेको आलुलाई मुछ्ने ।
  •   अन्तिममा मेथी, वेसार, रातो खुर्सानीले झान्ने ।  

गाजरको हलुवा

चाहिने सामग्रीः
१. गाजर      २०० ग्राम
२. काजु, नरिवल   १ ठूलो चम्चा
३. किसमिस      १ सानो चम्चा
४.बटर/घ्यू     २–३ ठूलो चम्चा
५. तेजपात      १–२ पात
६. चिनी       १ ठूलो चम्चा

बनाउने तरिका

  •     गाजरलाई पखाली ग्रेड गर्ने (भुजा बनाउने ) ।
  •   प्यानमा बटर अथाव तेल तताउने ।
  •     बटर तातेपछि गाजर भुट्ने ।
  •    ४–५ मीनेटपछि काजु, नरिवल, किसमिस, तेजपात, चिनी राख्ने
  •    आवश्यकताअनुसार दूध अथाव पानी राख्ने र गाजर गल्ने गरी पकाएपछि गाजरको हलुवा तयार हुन्छ ।


खीर
चाहिने सामग्रीः
१. चामल (ताइचिन)        १ कप
२. दूध                    १ लिटर
३. काजु (चप)            आधा चम्चा
४. नरिवल (चप)            आधा चम्चा
५. ल्वाङ, सुकुमेल            २–३ पिस
६. किसमिस                ६–७ पिस
७. छोकडा (चप)            आधा चम्चा
८. चिनी                    १ ठूलो चम्चा
९. तेजपात                १–२ पात

बनाउने तरिकाः
ड्ड    चामललाई सफा पानीमा पखाल्ने ।
ड्ड    डेक्चीमा चामल, दूध, काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडा, चिनी, तेजपात राखी पकाउने ।
ड्ड    १०–१५ मिनेट चामल गल्ने गरी पकाएपछि खीर तयार हुन्छ । खीरमा गाजर मसिनो काटेर पकाएमा यो बढी स्वादिलो हुन्छ ।

आलु दम
चाहिने सामग्रीः
१. आलु (उसिनेको)        १८० ग्राम
२. तेल                    ५० ग्राम
३. अलैँची                ५–६ पिस
४. दालचिनी                २ पिस
५. सुकुमेल (धुलो)        आधा चम्चा
६. रातो खुर्सानी            २ पिस
७. टोम्याटो प्युरी            ५० ग्राम
८. सुप धुलो                १ चम्चा
९. खुर्सानी धुलो            १० ग्राम
१०. धनियाँ धुलो            १ चम्चा
११. लहसुन पेस्ट            १ चम्चा
१२. नुन                    स्वादअनुसार    

बनाउने तरिकाः

  •    आलुलाई सफा गरी धोएर नुन मिसिएको पानीमा ८० प्रतिशतसम्म गल्ने गरी पकाउने । त्यसपछि आलुलाई हल्का खैरो हुने गरी भुट्ने ।
  •    प्यानमा तेल तताउने । त्यसमा रातो खुर्सानी, दालचिनी, लसुन पेस्ट, नुन र अन्य मसला हालेर भुट्ने ।    
  •     टोम्याटो प्युरी हाल्ने र केही बेरसम्म पकाउने ।                    
  •     भुटेका आलु त्यसमा हालेर ५ मिनेट जति फेरि पकाउने ।
  •     पाकेपछि माथिबाट सुप पाउडर राख्ने ।

मालपुवा
चाहिने सामग्रीः
१. मैदा                २ कप
२. दूध                ३ कप
३. केरा (मुछेको)        २ पिस
४. नरिवल (चप)        २ चम्चा
५. काजु (चप)        १ चम्चा
६. किसमिस            १५ पिस
७. सुजी                १ चम्चा
८. चिनी                २ कप
९. सुकुमेल            ४ पिस
१०. पानी                ३ कप
११. घिउ                १ कप

बनाउने तरिकाः

  •     मैदा, दूध, केरा, नरिवल, काजु, किसमिस, सुजीलाई मिसाएर लेदो तयार पार्ने ।
  •    चिनी र पानी मिसाएर चास्नी बनाउने ।
  •     प्यानमा तेल तताउने र मालपुवा पकाउने ।
  •     मालपुवालाई प्लेटमा राख्ने र सर्भ गर्नुअघि चास्नीमा  एक मिनेटसम्म राख्ने ।

सेल
चाहिने सामग्रीः
१. चामलको पीठो            २०० ग्राम
२. चिनी                    २ ठूलो चम्चा
३. खाने सोडा                १ चिम्टी
४. काजु, नरिवल (चप)    १ ठूलो चम्चा
५. पानी वा दूध            आवश्यकताअनुसार
६. तेल                    आवश्यकताअनुसार

बनाउने तरिकाः

  •    सफा भाँडोमा खस्रो चामलको पीठो, चिनी, सोडा, काजु, नरिवल एकसाथ राख्ने र आवश्यकताअनुसार दूध वा पानी राखी बाक्लो लेदो बनाउने ।
  • कराहीमा आवश्यकताअनुसार तेल तताउने ।
  •    तेल तातेपछि बनाएको लेदोलाई गोला आकार बनाई तेलमा हाल्ने ।
  •     दुई चोटि पल्टाएर खैरो भएपछि निकाल्ने ।    

 

    ढकनी

    दरको अर्को मुख्य परिकार हो ढकनी । यो पनि खीर पकाएजस्तै गरी पकाइन्छ । तर, यसका केही विधि भने फरक छन् । ढकनीका लागि घिउमा भुटेको चामल चाहिन्छ । उम्लेको दुधमा घिउमा भुटेर ब्राउन कलर भएको चामल हालिन्छ । यो खीरभन्दा केही बाक्लो हुन्छ । स्वादका लागि खीरमा प्रयोग गरिने मसला यसमा पनि प्रयोग गर्न सकिन्छ ।
    भटारे
  यो गाउँघरतिरको दरमा खूब चल्ने परिकार हो । यसका लागि गाईभैँसीको शुद्ध घिउ आवश्यक पर्छ । करिब एक घण्टाअगाडि चामल भिजाउनुपर्छ । भिजेको चामल खरिएको घिउमा झ्वाइँ पारेर ओइरिएपछि राम्रोसँग पन्युले चलाउनुपर्छ । चामल डुब्नेमात्र गरी पानी हाल्नुपर्छ । चलाउँदै, छोप्दै ठिक्क आँचमा पकाउनुपर्छ । अहिले खूबै चलेको पुलाउ यसैको विकसित रूप हो ।   

Leave A Comment