कपालमा तेल किन लगाउने ?

आइतबार, ०९ जेठ २०७३, ०८ : ०७
कपालमा तेल किन लगाउने ?

–    तेल लगाउनाले कपाल चम्किलो र बलियो हुन्छ । तेल नलगाएको कपाल टुक्रिने, झर्ने आदि हुन्छ ।
–    तेलमा पाइने पोषक तŒवले कपाललाई जरैदेखि बलियो बनाउँछ । उदाहरणका लागि अमलाको तेलमा पाइने भिटामिन सीले कपाललाई बलियो बनाउँछ ।
–    कपालमा तेल लगाउँदा टाउकोको मसाज पनि हुन्छ । मसाज गर्दा टाउकोमा रहेका छिद्र खुल्ने, टाउकामा रक्तसञ्चार तीव्र हुने गर्छ । रक्तसञ्चार तीव्र हुँदा कपाल बलियो हुने र कपालको जरामा जम्मा भएका टक्सिन, अक्सिडेन्टजस्ता विकार बाहिर निस्कन्छन् । यसले कपाललाई चम्किलो, बलियो र स्वस्थ बनाउँछ ।
–    नुहाउनुअघि नरिवल, जैतुन, तोरी, अमला आदिका तेल लगाउने गर्नाले नुहाउँदाखेरि कपाल कम झर्छ । तोरीको तेलमा ताजा अमलाको रस मिसाएर नुहाउनुभन्दा आधा घण्टाजति अघि कपालमा लगाउनाले नुहाएपछि कपाल चम्किलो हुनुका साथै नुहाइञ्जेल कम कपाल झर्छ ।
–    कपालमा लगाउने तेल किन्दा बास्नादार तेल भरिसक्के छान्नु हुँदैन । बजारमा पाइने बास्नादार तेलमा अनेक थरी केमिकल मिसाइएका हुन्छन् । तिनले कपाललाई कमजोर बनाउँछन् । नरिवल, जैतुन, बदाम, तोरी, अमला आदिको तेल कपालका लागि उत्तम मानिन्छन् ।

Leave A Comment