दुवैको आनन्दता सम्भोगको सार्थकता

सोमबार, २० भदौ २०७३, १० : २० शुक्रवार , Kathmandu
दुवैको आनन्दता सम्भोगको सार्थकता

मेरी श्रीमती सम्भोगका बेला असाध्यै पीडा महसुस गर्छिन् । उनको योनी सुक्खा हुन्छ । यो कस्तो समस्या हो ?
सी

दुवैलाई बराबर आनन्द आयो भनेमात्र सम्भोग सार्थक र गहन हुन्छ । एकजनालाई मात्र आनन्द आउनु सम्भोग होइन । अतः सम्भोग  अत्यन्त संवेदनशील क्रिडा हो, जसमा शरीर, मन र भावनाको त्रिकोणात्मक उपस्थिति आवश्यक हुन्छ ।
महिलाका विभिन्न यौन समस्यामध्ये योनी सुक्खा हुनु पनि एक हो । हुन त यो कुनै घातक या जटिल समस्या पक्कै होइन तर यसले यौन जीवनलाई भने निराश एवं पीडादायी बनाउँछ । सम्भोगको समयमा महिलाको योनीमा प्राकृतिक रूपमा चिल्लो पदार्थ निस्कन्छ तर कसैकसैकोमा भने चिल्लो पदार्थ ननिस्कने वा अत्यन्त कम निस्कने गर्दा सम्भोगमा पीडा हुन सक्छ । यो प्राकृतिक चिल्लो पदार्थ योनी भित्रको सर्भिक्स भन्ने ठाँउबाट योनीतिर आउँछ । यसले योनीलाई चिल्लो र ओसिलो बनाउन मद्दत गर्छ । यो हल्का सेतो चिल्लो पदार्थमा योनीभित्रका मरेका कोषहरु पनि निस्कन्छन् । यो प्राकृतिक क्रिया हो ।
   
योनी सुक्खा हुँदा विभिन्न यौन रोगको संक्रमण हुने दर बढी हुन्छ । यस्तो बेला सम्भोग गर्दा महिलालाई असाध्यै पीडा हुन्छ । पुरुषलाई पनि सुक्खा योनीमा लिंग भित्र–बाहिर गर्दा त्यति आनन्द आउँदैन । महिलाको योनीमा चिल्लो पदार्थ निस्कँदा योनी ओसिलो तथा स्वस्थ हुने हुँदा हतपति संक्रमण हुन पाउँदैन । यसले सम्भोगलाई गहन बनाउनुको साथै अविस्मरणीय बनाउँछ ।
कतिपय महिला योनी सुक्खा भएर पीडा हुँदा पनि पार्टनरलाई भन्न सक्दैनन् । यसरी पीडालार्ई खपेर बस्दा गहन यौन सन्तुष्टिबाट वञ्चित भइन्छ । यस समस्याका लागि योनी नरम र चिल्लो बनाउने लुब्रिकेन्टहरु बजारमा पाइन्छन् । यिनको प्रयोगले धेरै हदसम्म पीडालाई कम गर्न सकिन्छ तर पनि सही निदानका लागि यौन विशेषज्ञसँग सल्लाह गर्नुपर्छ ।
महिलाहरूको योनीमा जी स्पट हुन्छ भनेको सुनेको छु । यो भनेको के हो ?
पी

योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको पैmलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास छ ।
सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार योनीमार्गको अगाडि चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चरमोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनीमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा योनीमार्गको अगाडिपट्टि विशेष संवेदनशील क्षेत्र भेट्टियो । यसैलाई जी स्पटको रूपमा परिभाषित गरियो । जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो ।
कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, योनीमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ । तर, सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो ।
जी स्पटको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ ।
कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउनुभन्दा बढ्ता उत्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट योनीमार्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु (औँला वा पुरुष लिंग) ले अलि दबाउनुपर्ने बताए ।
जी स्पट उत्तेजनाका लागि अचेल यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना (जी स्पट भाइब्रेटर) कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्पट भाइब्रेटर योनीमार्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ ।
यौन विशेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् ।

 

 

Leave A Comment