सुन्दर छालाका लागि टिनएजरलाई टिप्स

सोमबार, २० भदौ २०७३, १० : २३ शुक्रवार , Kathmandu
सुन्दर छालाका लागि टिनएजरलाई टिप्स

–तैलीय स्वभावको छालाका लागि बेलुका फेसवास प्रयोग गरेर अनुहार धुनुपर्छ ।
–हप्तामा दुईतीन पटक स्क्रबको प्रयोग गरी मृत छाला र खिलहरू हटाउने ।
–टोनरको प्रयोगले छालामा भएको चिल्लोपन हटाउनुका साथै रोमछिद्रलाई कसिलो बनाउन मद्दत पुग्छ ।
–हप्तामा एकपटक तीनदेखि पाँच मिनेटसम्म बाफ लिनाले रक्तसञ्चार वृद्धि भई रोमछिद्र खुला हुन्छ र छालालाई स्वस्थ राख्छ ।
–मड प्याक वा हर्बल मास्क लगाएर अनुहारको छालालाई पोषण दिन सकिन्छ ।
–सूर्यको खराब किरणबाट छालालाई जोगाउन सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ ।
–छालाको नरमपनका लागि चिल्लो नभएको म्वाइस्चराइजर प्रयोग गर्नुपर्छ ।
–व्यायामले दूषित पदार्थ पसिनाको रूपमा निस्केर छालालाई सुन्दर बन्न मद्दत गर्छ ।
–प्रशस्त मात्रामा पानी पिउने ।
–फलफूल, सलाद बढी खाने ।

 

Leave A Comment