द्रुत गतिमा इन्टरनेट चल्ने देशहरू

बिहिबार, २३ भदौ २०७३, १२ : ०९ शुक्रवार , Kathmandu
द्रुत गतिमा इन्टरनेट चल्ने देशहरू

अमेरिकास्थित क्लाउड सर्भिस प्रदायक संस्था अकामाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरिया विश्वमा सबैभन्दा तीव्र गतिको इन्टरनेट भएको देशमा पहिलो स्थानमा छ । रिपोर्टअनुसार दक्षिण कोरियाको औसत इन्टरनेट स्पिड २९ एमबीपीएस छ भने पिक स्पिड १०३.६ एमबीपीएस छ ।
औसत कनेक्सन स्पिडमा नर्वे दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो, हङकङ चौथो, स्विजरल्यान्ड पाँचौ स्थानमा छन् । त्यस्तै लाटभिया, जापान, नेदरल्यान्ड, चेक गणतन्त्र तथा फिनल्यान्ड क्रमशः पाचौँबाट दशौँ स्थानमा छन् ।
त्यस्तै उच्चतम कनेक्सन स्पिडको हिसाबले सिंगापुर पहिलो स्थानमा छ । सिंगापुरमा इन्टरनेटको पिक कनेक्सन स्पिड १४६.९ एमबीपीएस छ । हङकङ दोस्रो, इन्डोनेसिया तेस्रो र दक्षिण कोरिया चौथो स्थानमा छन् । कतार पाचौँ, मकाओ छैटौँ, जापान सातौँ, ताइवान आठौँ, रोमानिया नवौँ र मंगोलिया दशौँ स्थानमा छन् ।
विश्वको इन्टरनेट गतिको सम्बन्धमा अकामाइले सार्वजनिक गरेको सन् २०१६ को पहिलो त्रैमासिक रिपोर्ट, स्टेट अफ द इन्टरनेट रिपोर्टअनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा हाल विश्वको औसत कनेक्सन स्पिडमा २३ प्रतिशतले वृद्धि भएको छ । जुन अहिले ६.३ एमबीपीएसमा पुगेको छ । त्यस्तै विश्वको इन्टरनेटको पिक कनेक्सन स्पिडमा १४ प्रतिशतले वृद्धि भएर ३४.७ एमबीपीएस पुगेको छ ।

 

Leave A Comment